युएईमा कलाकार सम्मानित

भदौ २६  |   बिनोद श्रेष्ठ

युएईमा कलाकार सम्मानित

युएर्इ –तमु समाज युएईले नेपालबाट युएई आएका विभिन्न विधाका कलाकारहरुलाई सम्मान गरेको छ ।14256657_10154457899476308_992396237_n

गत शुक्रबार बरदुबर्इस्थित हिमालयन रेस्टुरेन्टमा वरिष्ट लोक गायक राजु परियार, सुप्रशिद्ध लोक दोहारी गायिका विष्णु माया गुरुङ, चर्चित गायिका तथा उद्घोषिका माया गुरुङ, तमु चलचित्रका लोकप्रिय नायिका तथा मोडल अश्मी गुरुङ र अर्का तमु चलचित्रकै लोकप्रिय नायिका तथा मोडल लक्ष्मी गुरुङलाई गुरुङलार्इ सम्मान गरेको हो ।

लम्जुङ् सम्पर्क समितिको चौथो वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट आएका कलाकारहरूलार्इ परम्परागत पहिरन क्रेगि, क्रमु र खादा लगाई दिएर र साथमा सम्मान तथा प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।

गीत, संगीत, अभिनय र मोडलिंगको क्षेत्रबाट गुरुङ लगायत सिंगो नेपाली कलासंस्कृतिको सरक्षण, सम्वर्धन र विकाशमा वहाहरुले पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै उक्त सम्मान गरिएको समाजका अध्यक्ष उषा गुरुङले बताइन् ।

समाजका केन्द्रिय अध्यक्ष उषा गुरुङको सभापतित्वमा, बरिष्ठ लोक गायक राजु परियारको प्रमुख आथित्यमा र तमु समाज युएई दुबई क्षेत्रीय समितिका सचिव उर्मिला गुरुङको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य समाजका केन्द्रिय सल्लाहकार डि.आर. गुरुङले दिएका थिए भने प्रमुख संरक्षक यम प्रशाद गुरुङले शुभकामना मन्त्यब्य व्यक्त गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल