मुस्ताङका भूकम्पपीडितलाई परिचयपत्र वितरण सुरु

भदौ १६

मुस्ताङका भूकम्पपीडितलाई परिचयपत्र वितरण सुरु

मुस्ताङ  – जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका भूकम्पपीडितलाई परिचयपत्र वितरण सुरु गरेको छ ।

भूकम्पका कारण घर तथा अन्य आवासगृहमा पूर्ण रुपमा क्षति पुगेका भूकम्पपीडितलाई राहतसँगै परिचयपत्र वितरण सुरु गरेको हो । भूकम्पपीडित परिचयपत्र पाएमा उनीहरुलाई अन्य सरकारी सुविधा प्राप्त गर्न सहज हुनेछ । भूकम्पले पूर्ण क्षति पुगेका ७६ घरपरिवारमध्ये अहिलेसम्म ३० परिवारलाई वितरण गरिसकेको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिए ।

जिल्लामा १६ गाउँ विकास समिति रहेका छन् । तीमध्ये सबैभन्दा बढी घमी गाविसका घरमा क्षति पुगेको पाइएको छ । परिचयपत्र पाएमा राहतका अतिरिक्त पीडितको अन्यत्र कुनै स्थानमा आवासगृह नभएको पाइएमा तत्कालै आपत्कालीन आवास शीर्षकमा रु १५ हजार थप सहयोग प्रदान गर्न सकिने प्रावधान रहेको प्रशासनले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल