एक पटक चार्ज गरेर ३ सय १८ घण्टासम्म चल्नेछ सामसङको यो फोन

भदौ २५  |   एजेन्सी

एक पटक चार्ज गरेर ३ सय १८ घण्टासम्म चल्नेछ सामसङको यो फोन

samsung-galaxy-folder-2-backshotपछिल्लो महिनादेखि भइरहेको थुप्रै लिक्सपछि अन्ततः सामसङको ग्यालेक्सी फोल्डर टु स्मार्टफोन लञ्च भएको छ । उक्त फोन ‘फ्लिप’ फोन हो जुन एन्ड्रोइड ६.० मार्समेलो अपरेटिङ सिस्टममा चल्छ ।

यो फोनमा 1.4GHz  क्वाडकोर स्न्यापड्र्यागन 425  चिपसेट दिइएको छ र यसको र्याम २ जीबिको रहेको छ । यसका साथै यसको इनबिल्ट स्टोरेज १६ जीबि छ जसलाई माइक्रोएसडी कार्डमार्फत १२८ जीबिसम्म बढाउन सकिन्छ । ३.८ इन्च ध्ख्न्ब् डिस्प्ले भएको यो फोनको पिक्सल रिजोलुसन 480 x 800 छ ।

यस फोनमा तपाईंले एलइडी फ्ल्यासका साथै ८ मेगापिक्सेलको रियर क्यामरा र फ्रन्ट क्यामरा ६ मेगापिक्सेलको पाउनुहुनेछ । फोनको ब्याट्रि 1950mAh छ भने कम्पनीको दाबी अनुसार यसको स्ट्यान्डबाई टाइम ३ सय १८ घण्टा हो ।

यो फोनले द्4G LTE लाई सपोर्ट गर्दछ । यो फोनलाई सामसङको चीनको वेबसाइटमा लिष्ट गरिएको छ तर अहिलेसम्म कम्पनीले सामसङ ग्यालेक्सी फोल्डर टुको मूल्य र उपलब्धताको विषयमा केही पनि जानकारी दिएको छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल