प्रधानमन्त्रीको निर्देशनलगत्तै युएई राजदुताबासको सक्रियता

भदौ २५  |   बिनोद श्रेष्ठ

प्रधानमन्त्रीको निर्देशनलगत्तै युएई राजदुताबासको सक्रियता

युएई–प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले युएर्इमा अलपत्र परेका ३० नेपालीलाई तत्काल उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए लगत्तै यहाँस्थित राजदुतावासले पहल थालेको छ ।14212112_1116940705086269_4839374343254555827_n

युएईको शारजाहमा रहेको लिडर सेक्युरिटि सर्भिसेस कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत उनीहरु अलपत्र परेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गत शुक्रबार परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई समेत तल्काल उद्दार गर्न निर्देशन दिएको थियो ।

प्रधानमन्त्रीको निर्देशन संगै राजदुतावास युएर्इको सक्रियता पनि निकै बढेको हो ।

शुक्रबार बिदाको समय भए पनी पिडितहरुको अबस्था बुझ्न राजदुतावासको टोली पिडितहरुको क्याम्पमा पुगेका थिए ।

नेपाली राजदुतावास युएर्इको तर्फबाट श्रम काउन्सेलर भेषबहादुर कार्की र श्रम सहचारी हिरा कुमारी यादव सहित एनआरएनए युएईका उपाध्यक्ष रमेश श्रेष्ठ र प्रवक्ता बालकृष्ण मरासिनी लगाएत अन्य संघसंस्थाका प्रतिनिधिहरू उक्त क्याम्पमा पुगेका थिए ।

पिडितहरुले दिएको उजुरीको आधारबाट उनीहरूले कम्पनीबाट पाउनु पर्ने तलब तथा अन्य सुबिधाहरूको अभिलेख तयार पारेको एनआरएन उपाध्यक्ष रमेश श्रेष्ठले बताए। उनले अबको केही समयमा नै एनआरएन युएर्इको समन्वयमा राजदुतावासका प्रतिनिधि र लिडर सेक्युरिटि सर्भिसेस कम्पनी मालिक बिच छलफल गरि अन्तिम निर्णय लिने जानकारी दिए ।

राजदुताबासलार्इ बेवास्था गरेर अदालत गएकोले काम गर्न निकै कठिन परेको दुताबासको भनार्इ छ।
यता पिडितहरुले भने आफुहरु पटक पटक दुतावास धाउदा पनि समस्याको समाधान हुन नसकेपछि आफुहरु बाध्य भएर अदालत जानु परेको जानकारी दिएका छन् ।

दुतवासले समस्या समाधानको लागि मुद्दा र्फिता लिनको लागि पिडितहरुलाई दबाव दिएको तर आफुहरुले पुरा महिनाको तलब पाउने अवस्था नभएसम्म र्फिता नलिएको एक पिडित बँताउछन् ।

११ महिना पहिले काठमाण्डौ स्थित हिमारब ओभरसिज र एनसिएफ म्यानपावर मार्फत उनीहरु सेक्युरिटि सर्भिसेस कम्पनीमा सुरक्षा गार्डको रुपमा आएका थिए भने उनीहरुले भिषा बापत म्यानपावर कम्पनीहरुलाई करिब ३ लाख ५० हजारको दरले बुझाएका थिए ।

उनीहरु ३ महिना यता कम्पनीले तलब नदिए पछि अलपत्र परेका हुन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल