मृतक दिपेश सुनारको परिवारलार्इ बिश्वकर्मा समाज युएर्इको अार्थिक सहयोग

मृतक दिपेश सुनारको परिवारलार्इ बिश्वकर्मा समाज युएर्इको अार्थिक सहयोग

युएई – भिजिट भिषामा युएई आई मृत्‍यु भएका केरबानी ढिकार,६ रुपन्देहीका दिपेश सुनारको परिवारलाई विश्वकर्मा समाज युएईले ५ लाख ५० हजार रुपैयाँ (१९ हजार ५० दिर्हाम) सहयोग गर्ने भएको छ ।14281302_10208282794561195_765995567_n

सुनारको युएई आएको ४ दिन पश्चात अगस्ट २६ तारिकको दिन मृत्‍यु भएको थियो । उनी भिजिट भिषामा काम खोज्न युएई आएका थिए ।

सुनारको शबलाई नेपाल पठाउनको लागि विश्वकर्मा समाज र दलित एकता संजालले संयुक्त रुपमा सहयोग गरेका थिए । तत्काललाई किर्या खर्चको लागि ५० हजार रुपैयाँ नेपालमा पठाईएको छ । सो रकम सहित निजको शब नेपाल पठाउन झण्डै ३ लाख ४० हजार रुपैयाँ ( ११ हजार ६ सय २६ दिर्हाम) खर्च भएको विश्वकर्मा समाज युएईका अध्यक्ष बाबुराम विश्वकर्माले बताएका छन ।

दलित एकता सहयोग संजालले उक्त कार्यको लागि १ लाख २४ हजार रुपैयाँ (४ हजार २ सय ४३ दिर्हाम) बराबरको सहयोग गरेको अध्यक्ष विश्वकर्माले बताए । रुपन्देही सहयोग समाजले उक्त कार्यको लागि ४८ हजार ५०० रुपैयाँ ( १६ सय ६५ दिर्हाम) सहयोग गरेको छ भने इनिसियल कोअपरेटिभ फण्डले १४ हजार ५०० रुपैयाँ (५ सय दिर्हाम) सहयोग गरेको छ । सेप्टेम्बर ९ तारिकका दिन बरदुबईमा बसेको विश्वकर्मा समाज युएईको बैठकले सुनारको शब नेपाल पठाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।

अध्यक्ष विश्वकर्माका अनुसार उक्त रकम स्वर्गिय दिपेश सुनारको बच्चाको शिक्षाको लागि खर्च गरिनेछ । स्वर्गिय दिपेशका ४ बर्षिय १ छोरा र ४ महिनाकी गर्भवती श्रीमती रहेकी छिन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल