सामसङ ग्यालेक्सी नोट सेभेन नचलाउन अमेरिकाद्वारा उपभोक्तालाई अपिल

भदौ २५  |   रोयटर्स

सामसङ ग्यालेक्सी नोट सेभेन नचलाउन अमेरिकाद्वारा उपभोक्तालाई अपिल

A model poses for photographs with a Galaxy Note 7 new smartphone during its launching ceremony in Seoul, South Korea, August 11, 2016.  REUTERS/Kim Hong-Ji/File Photo

अमेरिकाका सरकारी सुरक्षा एजेन्सीले शुक्रबार आफ्ना सबै उपभोक्ताका लागि सामसङ ग्यालेक्सी नोट सेभेन नचलाउन आग्रह गरेको छ । आगो लाग्ने खतरा भएकाले उक्त फोनलाई शीर्ष एयरलाइन्सले संसारभरी यसलाई चलाउन रोक लगाएको छ ।

चार्ज गर्दा र साधारण रुपमा चलाउँदा मात्र पनि फोनको ब्याट्रि जल्ने र पड्कने रिपोर्टलाई मध्यनजर गर्दै अमेरिकाको उपभोक्ता उत्पादन सुरक्षा आयोगले यस्तो आग्रह गरेको हो । उनीहरुले आधिकारीक रुपमै उपभोक्तालाई सामसङको उक्त फोन तत्काल स्विच अफ गर्न आह्वान गर्ने कुरामा तयारी गरिरहेको जानकारी दिए ।

सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडले आफू एजेन्सीसँग काम गरिरहेको बताएको छ । कम्पनीले अमेरिकालगायत अन्य १० मुलुकमा गत हप्ता बजारबाट सबै फोन फिर्ता मागेर नयाँ फोन दिने निर्णय गरेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल