युएईमा अलपत्र नेपालीलाई उद्दार गर्न दूतावासको पहल

भदौ २५  |   लक्ष्मण खनाल

युएईमा अलपत्र नेपालीलाई उद्दार गर्न दूतावासको पहल

युएई–युएईमा अलपत्र परेका ३० जना नेपाली कामदारको उद्दारका लागि दुतावासले पहल गरेको छ ।
विभिन्न सञ्चार माध्यममा उनीहरु अलपत्र परेको विषयमा समाचार आएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले ९ सेम्टेम्बर मा परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई तल्काल उद्दार गर्न निर्देशन दिएको थियो । प्रधानमन्त्रीको निर्देशन संगै दूतावासको सक्रियता पनि बढेको देखिएको छ ।

पीडितहरुको वस्तुस्थिति बुझ्न दुतावासको टोली ९ सेम्टेम्बर २०१६ शुक्रबार पिडितहरुको क्याम्पमा पुगेका हुन । सो टोलीमा नेपाली दुतावासको तर्फबाट श्रम काउन्सेलर भेषबहादुर कार्की र श्रम सहचारी हिरा कुमारी यादव रहेका थिए भने उनीहरु संगै एनआरएनए युएईका उपाध्यक्ष रमेश श्रेष्ठ र प्रवक्ता बालकृष्ण मारसिनी पनि रहेका थिए ।

उनीहरुले पिडितहरुको आश्रय स्थलमा पुगेर पीडितहरुले कम्पनीबाट पाउनुपर्ने तलबको अभिलेख तयार पारेको एनआरएन उपाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । साथै भोली (१० सेम्टेम्बर २०१६) को विहान ११ बजे दुतावास, एनआरएन युएई र लिडर सेक्युरिटि सर्भिसेस कम्पनी मालिक संग छलफल गरिने पनि उनले जानकारी दिए ।

pidit-uae
प्रधानमन्त्री कार्यालयको निर्दैशन पत्र आएको बिषय र पिडितहरुको समस्या कहिल,े कसरी समाधान हुन्छ भन्ने रातो पाटीको प्रश्नमा नेपाली दुतावास युएईका कार्यबहाक राजदुत नेत्र टंडनले आफुहरु पहिले पहिले देखीनै यो समस्या समाधानको पहलमा रहेको र पिडितहरुले दुतावासलाई जानकारी नदिइ युएईको श्रम अदालतमा मुद्दा हालेको हुनाले दुतावासलाई केही अप्ठ्यारो भएको जानकारी दिए । यहाँको कानुन अनुसार अदालतमा मुद्दा दर्ता भइसकेपछि दुतावासले त्यो मुद्दाको फैसला कुर्नुपर्ने पनि बताए ।

उनले अब छिट्टै कम्पनी मालिक संग छलफल गरेर कसरी हुन्छ उनीहरुको उद्दार गर्न दुतावास सक्रिय रुपमा लागेको र युएईमा बक्रइदको अवसरमा रहेको सरकारी विदा पछि सो समस्या समाधान वा पिडितहरुको उद्दार हुने कुरा रातो पाटिलाई बताए ।

यता पीडितहरुले भने आफुहरु पटक पटक दुतावास धाउदा पनि समस्याको समाधान हुन नसकेपछि आफुहरु बाध्य भएर अदालत जानु परेको जानकारी दिए । पीडितहरु मध्येका झापाका धनपति पाठकले रातो पाटि संग कुरा गर्दै आफुहरु खान बस्नको समेत समस्या भएको र अन्तिम विकल्पका रुपमा अदालत गएको बताए । उनले आफुहरु ३० जना नेपालीहरु २ ओटा कोठामा अटी नअटी बस्नु परेको पनि जानकारी दिए । दुतवासले समस्या समाधानको लागि मुद्दा र्फिता लिन को लागि पिडितहरुलाई दबाव दिएको तर आफुहरुले पुरा महिनाको तलब पाउने अवस्था नभएसम्म र्फिता नलिएको पनि हामीलाई बताए ।

करिब १० महिना पहिले काठमाण्डौ स्थित हिमारब ओभरसिज र एनसिएफ म्यानपावर मार्फत युएईको शारजाह मा रहेको लिडर सेक्युरिटि सर्भिसेस कम्पनीमा सुरक्षा गार्डको रुपमा आएका थिए । उनीहरुले भिषा बापत म्यानपावर कम्पनीहरुलाई करिब ३ लाख ५० हजारको दरले बुझाएका थिए । उनीहरु ३ महिना पहिले देखी कम्पनीले तलब नदिए पछि अलपत्र रहेका छन । उनीहरुलाई खानको समस्या भएपछि युएईमा क्रियाशिल विभिन्न संघ संस्थाले खाद्यान्न सहयोग गरेका छन ।

नेप्लिज सोसल क्लव का अध्यक्ष सालिक सुवेदी र रोशन भुषालको आर्थिक सहयोगमा नेपाली जनसम्पर्क समितिका उपसभापति भुवानी प्रसाद तिमिस्सिनाको टोलीले पिडितहरुलाई चामल, दाल, खाने तेल, प्याज , टमाटर गरि करिब २४ हजार नेपाली रुपैया बराबरको खाद्यान्न सहित नगद ४०० दिहरामस ( करिब नेपाली रुपैयाँ १२०००) हस्तान्तरण गरेको छ । त्यसैगरी नेपाली जनप्रगतिशिल मञ्च युएईका कार्यबहाक अध्यक्ष अर्जुन सुवेदीको नेतृत्वमा १० जना को टोलीले २३ हजार नेपाली रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेका छन । उनीहरुलाई केही दिन पहिले समाजसेवी तथा एनआरएनका पुर्व सल्लाहकार संयोजक सन्तोष प्रसाइले पनि व्यक्तिगत रुपमा खाद्यान्न सहयोग गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल