हे मार्केट दिवसमा नेपाल झल्कने

भदौ २५  |   विजय थापा

हे मार्केट दिवसमा नेपाल झल्कने

heymarketवाशिंगटन डिसी –आगामी सेप्टेम्बर १७ तारिख भर्जिनियाको हे मार्केट शहरमा हुन् गइरहेको हे मार्केट दिवस २०१६ मा डिसी महानगर क्षेत्रको क्रियाशील गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजले सहभागिता जनाउने भएको छ ।

अमेरिका नेपाल सहयोगी समाज तथा एएनएचएस प्रतिष्ठानले हे मार्केट दिवसमा नेपालको पहिचान झल्काउने भेषभुषा, पहिरनसहितको झाँकी तथा प्रदर्शन गर्ने भएको छ ।

उक्त परेड प्रदर्शनमा हामी सबै नेपालीको गौरब तथा पहिचानको लागि नेपाली समुदायको उपस्थितिले बिशेष महत्व राख्ने हुनाले डिसी महानगर क्षेत्रमा रहेका सबै संघ तथा संस्थाका प्रतिनिधि तथा नेपाली समुदायमा उपस्थितिको लागि अमेरिका नेपाल सहयोगी समाजका संरक्षक मधु पन्थीले सबैमा आग्रह गरेका छन् ।

हे मार्केट डे २०१६ नामक कार्यक्रम सेप्टेम्बर १७ तारिख शनिबार बिहान ९ बजेदेखि कार्यक्रम साँझसम्म हुने भएको छ । झन्डै ३० हजार सहभागी हुन् सक्ने उक्त दिवसमा विश्व भरका विभिन्न देशका बिबिध थरिका झाकी तथा आफ्ना देशका पोशाक सहित प्रतिनिधिन्त्व गर्ने छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल