राजदुत कार्कीलाई अस्थाई सुरक्षित दर्जा (टीपीएस) सम्बन्धि ज्ञापनपत्र बुझाईयो

भदौ २५  |   विजय थापा

राजदुत कार्कीलाई अस्थाई सुरक्षित दर्जा (टीपीएस) सम्बन्धि ज्ञापनपत्र बुझाईयो

वाशिंगटन डिसी –अमेरिकामा सक्रिय रहेका नेपाली सामाजिक संघ तथा संस्थाको पहलमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की बिद्या वारिधिलाई वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा अस्थाई सुरक्षित दर्जा (टीपीएस) सम्बन्धि ज्ञापनपत्र बुझाईएको छ ।dc-2

सामुहिक रुपमा बुझाईएको उक्त ज्ञापन पत्रमा अस्थाई सुरक्षित दर्जा (टीपीएस)को म्याद गुज्रने अवधि आगामी डिसेम्बर २१ तारिख रहेकोले नेपाली दुताबासमार्फत अमेरिकन सरकार समक्ष उक्त अनुरोध पुर्याउन आग्रह गर्दै उक्त ज्ञापनपत्र राजदुत कार्कीलाई बुझाईएको हो ।

राजदुत कार्कीले ज्ञापन पत्र बुझ्दै सकारात्मक रुपमा आगामी सोमबार नै यस बिषयमा अमेरिकन सरकार र सम्बन्धित निकायमा पुर्याउने जानकारी गराए ।

नेपालले पाएको अस्थाई सुरक्षित दर्जा (टीपीएस) सुबिधा अनुसार भूकम्पबाट पिडित तथा प्रभावित भएका आफन्त संग भेटघाट गर्न पाएको तथा अमेरिकामा कानुनी रुपमा काम गर्ने स्वीकृत पाएकाले परिवारलाई आर्थिक सहयोग गरेको कुरा समेत उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

गत बर्ष जुन २४ ,२०१५ तारिख सम्म कागज नभएका नेपालीलाई दिएको सुबिधा केवल १८ महिनाको लाई दिएकोमा आगामी डिसेम्बर २१ तारिखमा म्याद सकिने भएकोले नबिकरणको लागि ध्यानाकर्षण गर्न न्युयोर्क, म्यारिल्याण्ड , भर्जिनिया तथा डिसीबाट प्रतिनिधिमण्डल दुताबास पुगेका थिए ।

नेपाल गएर फर्केका कसैलाई कुनै कानुनी अड्चन बिना अमेरिकन सरकारले अमेरिका आउन दिएको भन्दै शिघ्र अमेरिकाको होमल्याण्ड सुरक्षा विभागलाई यसबारे आवश्यक कार्यको पहल गर्न नेपाली दुताबास मार्फत प्रतिनिधिमण्डलले अनुरोध गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल