९ वर्षमा यति परिवर्तन भयो आइफोनः १५ दिनसम्म लाइन लागेर समेत किनियो आइफोन

भदौ २३  |   भाष्कर

९ वर्षमा यति परिवर्तन भयो आइफोनः १५ दिनसम्म लाइन लागेर समेत किनियो आइफोन

iphoneएप्पलले आफ्नो अहिलेसम्मको सबैभन्दा शक्तिशाली स्मार्टफोन आइफोन सेभेन र सेभेन प्लस हिजो बुधबारमात्र सार्वजनिक गरिएको छ । यसैसँगै आइओएस १०, एप्पल वाच सिरिज टु र एयर प्याडका साथै सुपर मारियो रन गेम पनि लञ्च गरिएको छ । विशेष कार्यक्रमको आयोजना गरेर आइफोनले आफ्ना पाँच प्रोडक्ट लञ्च गरेको छ ।

सार्वजनिक गरिएका पाँच प्रोडक्टमध्ये आइफोन सेभेनको मूल्य ६९ हजारबाट सुरु भएको छ भने आइफोन सेभेन प्लसको मूल्य ८२ हजारबाट सुरु भएको छ । आइफोनको लञ्चिङ संसारमा यति धेरै चर्चित छ कि एन्ड्रोइडले बजार तताइरहेका बेला पनि गार्टनरको रिपोर्ट अनुसार एन्ड्रोइडलाई पछारेर आइफोन सिक्स एस सबैभन्दा चर्चित फोन बन्न सफल भएको छ । विश्वभरी प्रख्यात शीर्ष तीन मोडल्समा आइफोन सिक्स र सिक्स एस रहेको छ । तेस्रो नम्बरमा ग्यालेक्सी एज एससेभेन रहेको छ ।

सेनफ्रान्सिस्कोकामा बस्ने संगीतकार दाजुभाइ केबालो र क्रुज आइफोन फाइभएसको लञ्च भएपछि १५ दिनसम्म लाइनमा बसेको बताइएको छ । यी दुई पछिल्लो ५÷६ वर्षदेखि एप्पलको नयाँ प्रोडक्टका लागि लाइनमा बस्ने गर्दछन् । आइफोनप्रतिको क्रेज यी दुई दाजुभाइमा मात्र सिमित छैन । आज हामी तपाईंलाई आइफोन सम्बन्धि त्यस्ता रोचक तथ्य बताउँदैछौं जुन सुन्दा अचम्म लाग्छ ।
सन् २००७ मा आएको थियो पहिलो आइफोनः

पहिलो आइफोन सन् २००७ मा लञ्च भएको थियो । त्यतिबेला कम्पनीका सिइओ स्टिभ जब्स थिए । आइफोनको यो ९ वर्षको यात्रामा फोनमा निकै परिवर्तन आइसकेको छ । विशेषतादेखि डिजाइनसम्म ।

1iphoneआइफोन वन (पहिलो जेनेरेसन:
लञ्चः जून महिना सन् २००७ र नोभेम्बर २००७ (युके)
एप्पलका सिइओ स्टिभ्स जब्सले तीन डिभाइसको कम्बिनेसनका साथ आइफोन लञ्च गरेका थिए । अर्थात् यसमा टचस्क्रिन आइपड, रिभोलुसनरी मोबाइल फोन र ट्रुली वेब ब्राउजर समावेश थियो ।
यो आइफोनमा ३.५ इन्चको स्क्रिन दिइएको थियो जसको  320 x 480  पिक्सल रिजोलुसन डिस्प्ले थियो । त्यतिबेला यो कुनै पनि स्मार्टफोनको सर्वोत्कृष्ट डिस्प्ले स्क्रिन थियो । फोनमा २ मेगापिक्सेल क्यामरा दिइएको थियो भने ८ जीबीको इन्टरनल मेमोरी थियो । यसमा थर्ड पार्टी एप्स इन्स्टल गर्न सकिन्नथ्यो अर्थात यसका लागि कम्पनीले आफ्नो भिन्न अपरेटिङ सिस्टम बनाएको थियो ।

2_-iphone-3g_1467203578आइफोन थ्रीजी (दोस्रो जेनेरेसन)
लञ्चः जुलाई २००८
एप्पलले आफ्नो नयाँ स्मार्टफोन सन् २००८ मा लञ्च गरेको थियो । यसको विशेषता यो थियो कि यो थ्रीजी कनेक्टिभिटीलाई सपोर्ट गर्दथ्यो । अर्थात् यसमा धेरै स्पिडमा काम गर्न सकिन्थ्यो । यसका साथै, कम्पनीले नयाँ एप स्टोर पनि लञ्च गर्यो । यसमा एप स्टोर मोडल काम गर्दथ्यो जसको सहयोगले प्रयोगकर्ता स्मार्ट टीभीको विन्डोज एट ल्यापटपले रिप्लेस गर्न सक्थ्यो । एप्पलको लागि यो ठूलो परिवर्तन थियो । यसका कारण यो फोन निकै चर्चित भएको थियो ।

34_-iphone-3gs_1467203578आइफोन थ्रीजीएस (तेस्रो जेनेरेसन)
लञ्चः जून २००९
आइफोन थ्रीजीएसलाई अपग्रेड गरेर बजारमा पेश गरियो । यसमा कम्पनीले ३.२ मेगापिक्सेल क्यामरा दिएको थियो । यद्यपी, फोटो क्वालिटीको तुलनामा यसबाट बनाइएको भिडियो राम्रो थिएन । यसमा भोइस कन्ट्रोल (सिरि) का साथै एक्स्ट्रा स्टोरेजको सुविधा दिइयो । फोनको स्क्रिन ३.५ इन्च नै थियो जसको डिस्प्ले रिजोलुसन  320 x 480  पिक्सल थियो । यद्यपी, प्रयोगकर्तालाई भने आइफोनको यो मोडल धेरै मन परेन ।

4_-iphone-4_1467203579आइफोन फोर (चौथो जेनेरेसन)
लञ्चः जून २०१०
आइफोन थ्रीजीएसलाई थोरै अपग्रेड गरेर आइफोन फोर लञ्च गरियो । यद्यपी यसको डिजाइन फ्ल्याट थियो । यसका साथै यसमा हाइ रिजोलुसन रेटिना डिस्प्ले स्क्रिन दिइएको थियो जसले 640 x 960 पिक्सल क्वालिटीलाई सपोर्ट गर्दथ्यो । फोनमा ५ मेगापिक्सेल क्यामरा थियो जुन एचडी भिडियो रेकर्डिङलाई सपोर्ट गर्दथ्यो । प्रयोगकर्तालाई यसका विशेषता र डिजाइन मन परे । अब आइफोन मानिसहरुका लागि फेसन पनि बनिसकेको थियो । आजकाल प्रयोगकर्तामा आइफोन खरिद गर्ने होडबाजी चलेको छ ।

5_-iphone-4s_1467203579आइफोन फोरएस (पाँचौं जेनरेसन):
लञ्चः अक्टोबर २०११
एप्पलले पछिल्लो मोडलमा ‘एस’ जोड्दै आइफोन फोरएस लञ्च गर्यो किनभने प्रयोगकर्ताहरु अब यसको विशेषतामा आकर्षित हुन थालेका थिए । यसपटक कम्पनीले आफ्नो नयाँ एफाइभ प्रोसेसर दियो जुन निकै फास्ट थियो । यसका साथै यसमा ग्राफिक्सको क्वालिटी निकै राम्रो बनाइएको थियो । कम्पनीको यो नयाँ मोडल ८ मेगापिक्सेल क्यामराको साथ आयो । जुन फूल एचडी भिडियो रेकर्डिङलाई सपोर्ट गर्दथ्यो । यसका साथै आफ्नो अपरेटिङ सिस्टम आइओएसलाई पनि अपग्रेड गरेको थियो ।

6_-iphone-5_1467203579आइफोन फाइभ (छैटौं जेनेरेसन):
लञ्चः सेप्टेम्बर २०१२
६ वटा आइफोन ह्याण्डसेट बनाएपछि कम्पनीले अब नयाँ आइफोनको स्क्रिन साइड र त्यसको रेसियोमा काम गर्ने निर्णय गर्यो । यस्तो अवस्थामा सन् २०१२ मा जब आइफोन फाइभ लञ्च भयो तब त्यो ४ इन्चको स्क्रिनको साथ आयो । यो 640 x 1136 पिक्सल रिजोलुसनलाई सपोर्ट गर्दथ्यो । अर्थात पछिल्लो आइफोनको तुलनामा यसपटक २० प्रतिशत स्क्रिनलाई बढाइयो । कम्पनीले १८ सेप्टेम्बरलाई आइओएस सेभेन लञ्च गर्यो । यो मोडल मानिसहरुलाई निकै राम्रो लाग्यो ।

7_-iphone-5s-5c_146720357आइफोन फाइभ एस/फाइभसी (सातौं जेनेरेसन)
लञ्चः सेप्टेम्बर २०१३

पूरा एक वर्षपछि कम्पनीले आइफोनका दुई नयाँ मोडल आइफोन फाइभ एस र आइफोन फाइभ सी लञ्च गर्यो । यी दुई स्मार्टफोनमा निकै ठूलो अन्तर थियो त मूल्यको । फाइभसीलाई कम्पनीले सस्तो मोडल बनाएको थियो । यद्यपी, हेर्दा भने यी दुई मोडल एउटै देखिन्थे । कम्पनीका लागि फाइभसी मोडल फ्ल्यागसीप साबित भयो । यो फोनमा धेरै शक्तिशाली ब्याट्रि र निकै राम्रो क्यामराको सुविधा दिइयो । यतिमात्र होइन, यसमा फिंगरप्रिन्टको अप्सन पनि दिइयो । एप्पलले आइओएस सेभेनमा केही सुधार गरे जसका कारण यसको डिमान्ड बढ्यो ।

8iphone-6-6plus_1467203आइफोन सिक्स, सिक्स प्लस ( आठौं जेनेरेसन)
लञ्चः सेप्टेम्बर २०१४
आइफोन फाइभ सी र फाइभ एस मा कम्पनीले केही परिवर्तन गरेको थियो तर सन् २०१४ मा उसले आफ्नो नयाँ स्मार्टफोन आइफोन सिक्स र सिक्स प्लसलाई निकै राम्रो विशेषता र हार्डवेयरको साथ लञ्च गर्यो । आइफोन सिक्समा ४.७ इन्चको स्क्रिन दिइयो जुन 750 x 1334  पिक्सल रिजोलुसनलाई सपोर्ट गर्दथ्यो । अर्कोतर्फ आइफोन सिक्स प्लसमा ५.५ इन्च स्क्रिन दिइयो जुन 1080 x 1920 पिक्सेल रिजोलुसन सपोर्ट गर्दथ्यो । यद्यपी, स्क्रिनको अलावा थुप्रै विशेषता लगभग एउटै हुँदाहुँदै पनि ब्याट्रिमा निकै अन्तर थियो । एप्पलको यो सेटले यसलाई कम्पनीलाई नम्बर वानमा पुर्याउन मद्दत गरेको थियो ।

9-iphone-s6-6splus_1467आइफोन सिक्स एस, सिक्स एसप्लस
लञ्चः सेप्टेम्बर २०१५
एप्पलको यो नयाँ आइफोन ९ सेप्टेम्बर २०१५ मा लञ्च भएको हो । कम्पनीले यसलाई विशेष बनाउँदै थ्रीडी टचको फिचरको प्रयोग गरेको छ । एप्पलको यो नयाँ टेक्नोलोजी सेन्सरको मद्दतले भिन्न भिन्न टच र प्रेसर लेभल डिटेक्ट गर्दछ । एप्पलको दुबै स्मार्टफोनमा यसपटक निकै राम्रो प्रोसेसर लगाइएको छ । यो ६४ बिटको एनाइन चिप हो जसलाई नयाँ आर्किटेक्चरमा बनाइएको छ । यो थर्ड जेनेरेसनको प्रोसेसर हो जुन पछिल्लो एएट चिपभन्दा ७० प्रतिशत तेज छ । यस्तो अवस्थामा यो प्रोसेसरले ब्याट्रि पनि धेरै प्रयोग गर्नेछ । कम्पनीले धेरै राम्रो कनेक्टिभीटी स्पिडको लागि वायरलेस चिप लगाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल