गोरखा सेवा समाज यूएइको थापालार्इ अार्थिक सहयोग

बिनोद श्रेष्ठ

गोरखा सेवा समाज यूएइको थापालार्इ अार्थिक सहयोग

युएर्इ-बिगत एक महिना अाकस्मिक उपचार गरार्इ रहेका गोरखा,मजुवा देउराली १ का छेत्र बहादुर थापालार्इ गोरखा सेवा समाज यूएर्इले अार्थिक सहयोग गरेको छ।14256404_1281004528578816_201663371_n

गोरखा सेवा समाज यूएर्इका संरक्षक उत्तम अधिकारी सहित बरिष्ठ उपाध्यक्ष बुद्दीकुमार श्रेष्ठ, उपाध्यक्ष रमेश शाह गोर्खाली, महासचिब संजय पोखरेल र सदस्य मिलन खनालको टोली अस्पताल पुगी रू ३१ हजार अर्थात १०५१ दिराम अार्थिक सहयोग गरेको हो।

रोजगारीको शिलशिलामा ७ बर्ष पहिले यूएर्इ छिरेका थापा एक्कासी पेटमा पानी जमेर समस्या अाएपछी युएर्इको शारहजा स्थित कस्सिमी अस्पताल अाकस्मिक कक्षमा उपचार गराएका थिए। चिकित्सकको भनार्इ अनुसार अहिले थापाको सफल अप्रेसन भर्इ सकेको र केही दिनमा नै उनी खतरा मुक्त हुने बताए।

कम्पनीले बेवास्था गरेकोले निकै खर्च लाग्ने बिरामीका भार्इ बिष्णु थापाले बँताए। उपचारको लागी चालिस हजार दिराम लाग्ने अस्पताल स्रोतले जनाएको उनको भनार्इ छ।

घरमा अार्थिक अबस्था कमजोर भएकै कारण अाफन्तले पठाएको भिषामा युएर्इ छिरेका छेत्र बहादुर एक श्रीमती सहित तिन छोरा छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल