‘भाइबर आउट कल’ सित्तैमा !

भाद्र २२

‘भाइबर आउट कल’ सित्तैमा !

काठमाडौँ– भर्खरै मात्रै नेपाली स्टिकर ल्याएर नेपाली प्रयोगकर्ताहरुको मन जितको स्मार्टफोन एप भाइबरले पुनः नेपाली उपभोक्ताका लागि मात्रै ‘भाइबर आउट कल’ सुविधा ल्याएको छ । भाइबरको आधिकारिक वेबसाइटमा उल्लेख भए अनुसार यो सुविधा नेपाली नम्बरबाट डायल गर्ने ग्राहकले दुई साताका लागि राति दुई घण्टाभित्र १० मिनेटका लागि निःशुल्क ‘भाइबर आउट कल’ सुविधा पाउने छन् ।

गत मंगलबार देखि सुरु भएको सेवा नेपाली उपभोक्ताले आगामी असोज ३ गतेसम्म विभिन्न ५२ वटा फरक कोडका मोबाइल एवं ल्यान्डलाइन फोनमा पाइउने छन् । यसका लागि उपभोक्ताको फोन इन्टरनेटमा जोडिएको हुनुपर्नेछ र भाइबर चल्नुपर्ने छ । तर, अर्कोतर्फ भने सिधैं इन्टरनेट नजोडिएको फोनमा कुरा गर्न सकिने भाइबरले  वेभसाइटमा उल्लेख गरेको छ ।

यस सुविधा अन्तर्गत नेपाली उपभोक्ताले अष्ट्रेलिया, बहराइन, बंगालादेश, बेल्जियम, भुटान, ब्रुनाई, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेनमार्ग, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कुवेत, लाओस, लेबनान, मकाउ, मलेसिया, म्यान्मार, नेदरल्यान्ड, न्यूजिल्यान्ड, नर्वे, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, कतार, रसिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण कोरिया, स्पेन, श्रीलंका, स्वीडेन, स्वीटजरल्यान्ड, ताइबान, ताजिकिस्तान, थाइल्यान्ड, टर्की, युएई, बेलायत, अमेरिकालगायतका मुलुकमा ‘भाइबर आउट कल’ गर्न सकिने बताइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल