एनआरएनए कोषाध्यक्षमा ढकालको उम्मेदवारी

असोज १९

एनआरएनए कोषाध्यक्षमा ढकालको उम्मेदवारी

काठमाडौं–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षमा अष्ट्रेलियाबाट भैरब ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेकाद छन् । dhakal
एनआरएनए अष्ट्रेलियाका पुर्व उपाध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य ढकालले एक पत्रकार सम्मेलन गर्दै घोषणा पत्र सहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन ।
एनआरएनएलाई बिगतका दिनदेखि सघाउँदै आएका ढकालले एनआरएनए आइसीसीको पूर्व घोषित योजना अनुसार भूकम्प पीडितलाई एकहजार घर निर्माण कार्यमा सघाउने तथा काठमाडांैको बालुवाटारमा संघको आफ्नै भवन निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् ।
ढकालले ठूला परियोजनामा मात्रै नभएर साना–साना पूँजी भएका गैरआवासीय नेपालीहरुलाई पनि समेटेर उनीहरुलाई सुहाउँदो परियोजनामा सामूहिक लगानीको वातावरण सिर्जना गर्ने समेत प्रतिवद्धता जनाएका छन् । संघको कोष पारदर्शी राख्दै यसलाई वैज्ञानिक तथा प्रभावकारी ढंगले चलाउने ज्ञान, सीप, अनुभव र योग्यता आफूसँग भएकाले तथा संघलाई आर्थिक समृद्धितिर अगाडि बढाउन तयार रहेर आफूलाई उम्मेदवारका रुपमा अगाडि सारेको उनले बताएका छन् ।
लामो समयदेखि गैरआवासीय नेपाली संघको कुनै न कुनै जिम्मेवारीमा रही आफूलाई क्रियाशिल गराउँदै आएका ढकालले कोषाध्यक्ष पदमा आफूले दिएको उम्मेदवारीप्रति सहयोग गर्न अपिल समेत गरेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल