नेपालमा भेटियो नयाँ प्रजातिको अर्किड, हिमालय क्षेत्रमा हिँड्ने माछादेखि हाच्छ्युँ गर्ने बाँदरसम्म भेटियो

असोज १९  |   एजेन्सी

नेपालमा भेटियो नयाँ प्रजातिको अर्किड, हिमालय क्षेत्रमा हिँड्ने माछादेखि हाच्छ्युँ गर्ने बाँदरसम्म भेटियो

_e3bc90f6-6bf3-11e5-a9e2-597b09296f58
काठमाडौं – हिमालय क्षेत्रमा २ सय ११ नयाँ प्रजातिका वनस्पति तथा जनवारहरु भेटिएका छन् जसमा हिँड्ने स्नेकहेड माछा, हाच्छ्युँ गर्ने बाँदर, गाउने चरादेखि सुन्दर अर्किड फूल रहेका छन् । वल्र्ड वाइड फन्ड फर नेचर (डब्लुडब्लुएफ)ले सोमबार प्रेस वक्तव्य जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
यी नयाँ प्रजातिहरु भारत, भुटान, नेपाल, म्यान्मार र तिब्बतका दक्षिणी भेगमा पाइएको ‘हिडन हिमालय : एसियाज् वान्डरल्याण्ड’ नामक डब्लुडब्लुएफको रिपोर्टमा उल्लेख छ ।
सन् २००९ देखि २०१४ को बीचमा भेटिएका नयाँ प्रजातिहरुमा १ सय ३३ नयाँ प्रजातिका वनस्पति, ३९ प्रजातिका हाड नभएका जनवार, २६ प्रजातिका माछा, १० प्रजातिका उभयचर प्राणी, एक सरसृप, एक चरा र एक स्तनधारी जाति रहेका छन् । यो हालसम्म भेटिएका सबैभन्दा धेरै प्रजातिहरु हुन् । यसअघि सन् १९९८ देखि २००८ मा १० वर्षको अन्तरालमा ३ सय ५४ वटा प्रजातिहरु भेटिएका थिए ।

_f1576646-6bf3-11e5-a9e2-597b09296f58
रिपोर्टमा हिमालय क्षेत्रमा वातावरणीय सन्तुलन र जलवायु परिवर्तनका बारेमा पनि उल्लेख गरिएको छ । रिपोर्टका अनुसार यस क्षेत्रमा वास्तविक वासस्थानको २५ प्रतिशत मात्र सही अवस्थामा रहेका छन् । हिमाल क्षेत्रमा विविध किसिमका वनस्पति तथा जनवारहरु पाइने गर्छ । यहाँ १० हजार प्रजातिका वनस्पति, २ सय ६९ प्रजातिका माछा, १ सय ५ प्रजातिका उभयचर प्राणी, एक सय ७६ प्रजातिका सरसृप, ९ सय ७७ चरा र ३ सय प्रजातिका स्तनधारी प्राणी रहेका छन् ।
पछिल्लो सर्वेक्षणमा पश्चिम बंगालमा हिँड्ने स्नेकहेड माछा भेटियो जुन हावामा पनि सास फेर्दै जमिनमा ४ दिनसम्म बाँच्न सक्छ । त्यस्तै उत्तरपूर्वी भारतमा व्रेन बाब्लर नामक चरा भेटिएको जुन उच्च स्वरमा गीत अगान सक्छ । त्यस्तै भारतको अरुनाचल प्रदेशमा ४७ मिलिमिटर आकार भएको भ्यागुता भेटिएको छ ।
यसैगरी म्यानमारमा हाच्छ्युँ गर्ने बाँदर तथा नेपालमा नयाँ प्रजातिका अर्किड फूल भेटिएको छ ।

_e4948844-6bf3-11e5-a9e2-597b09296f58

_e165c976-6bf3-11e5-a9e2-597b09296f58

_4c1d384e-6bf4-11e5-a9e2-597b09296f58

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल