नयाँ शक्तिले दियो महाविर पुनको अभियानलाई एक लाख

भदौ २२  |   राजु श्री

नयाँ शक्तिले दियो महाविर पुनको अभियानलाई एक लाख

received_333298333681462कोरिया – नयाँ शक्ति कोरियाले सामाजिक अभियन्ता डा। महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र निर्माण अभियानलाइ एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

गत अगस्त २८ तारिक कोरियाको राजधानी सउलमा बसेको सचिवालय समितिको पूर्ण बैठकले उक्त अभियानलाई सकेको सहयोग गर्ने निर्णय गरे लगत्तै एक लाख रुपैयाँ सहयोग गरेको हो । उक्त रकम नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य बलराम पुनले नेपालमा एक औपचारिक कार्यक्रम गरि ठमेलस्थित केन्द्रकै कार्यालयमा महाबिर पुनलार्इ हस्तन्तरण गरेका हुन् ।

संगठन विस्तार, राजनीतिक प्रशिक्षण संगसंगै समाज सेवालाई पनि निरन्तर जारि राख्ने संगठनको उद्देश्य अनुरुप यो पटक राष्ट्रिय आविष्कार केन्द्रलार्इ सहयोग गरिएको नयाँ शक्ति कोरियाका संयोजक हेमन्त पुनले बताए । छोटो समयमै लोकप्रियता कमाएको नयाँ शक्ति कोरियाको यो पाँचौ सहयोग हो ।

यसअघि दुवै मिर्गौला फेल भएकी मुगु रावा ८ कि जान्देबी बुढालाई ५१ हजार रुपैयाँ, मुटुमा प्वाल परेर जीवन मरणको दोशाधमा रहेका दलमर्दन कामीलाई ७१ हजार रुपैयाँ त्यस्तै कोरियामा मोटरसाइकल दुर्घटनामा पनि घाइते भएका काभ्रेका श्याम लामालाई ४ लाख वन सहयोग गरेको थियो, भने भुकम्प पिडित विद्यालयहरुलाई शैक्षिक सामग्री समेत वितरण गरिसकेको छ ।

विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उदेश्यसहित पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि संसार भर छरिएर रहेका नेपाली माझ सहयोग संकलन अभियानमा रहेका छन् ।

दक्षिण एसियाकै नोबेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार बिजेता पुन सरकारले उपेक्षा गरेकोले जनता सामु आफू पुगेको बताउँछन । विज्ञान, प्रविधिलगायतका क्षेत्रमा आवश्यक खोज, अनुसन्धान र आविष्कारको लागि उक्त केन्द्र स्थापना गर्न ५० करोड बजेटको लाग्ने पुनले बताएका छन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल