मेसीका दाई बन्दूक राखेको आरोपमा पक्राउ

असोज १९  |   एजेन्सी

मेसीका दाई बन्दूक राखेको आरोपमा पक्राउ

messi brotherरोसारियो – बार्सीलोनाका स्टार फुटबलर लियोनल मेसीका माइला दाजू माथियस गैरकानूनी रुपमा बन्दूक राखेको आरोपमा पक्राउ परेका छन् । शनिबार उनलाई मेसीको अर्जेन्टिनास्थित गृहनगर रोसारियोबाट स्थानिय प्रहरीले हतियारसहित पक्राउ गरेको हो । प्रहरी चेकिंगका क्रममा सुरुमा उनले गाडीमा केही नरहेको भन्दै प्रहरीलाई जाँच गर्न नदिने बताएका थिए । प्रहरीले जाँच गर्दा गाडीमा लाईसेन्स बिनाको २२ क्लालिबरको बन्दूक फेला पर्यो । मेसीको गृहनगर रोसियोबाट दक्षिणतर्फ यो घटना घटेको हो ।
बेलायती सञ्चारमाध्यम मिररले स्थानिय सञ्चारमाध्यमलाई हवाला दिदैँ लेखेको छ, उनले प्रहरीसँग नै मुक्कामुक्की गरे । त्यसयघि नै बन्दूक रहेको गाडीको साँचो उनले जेकजाँच प्वाइन्ट नजिकै रहेको साथिको घरमा फाल्ने कोसिस गरेका थिए । प्रहरीसँगको मुडभेडका क्रममा उनको आँखामा चोट लागेको छ । उनीसँगको मुडभेडका क्रममा घाइते दुई प्रहरी अधिकृतको भने खुट्टा र घुडाँमा चोट लागेको छ । उनीहरुलाई तत्काल अस्पताल लगिाएको थियो ।
रिर्पोटमा उल्लेख भएअनुसार माथियसलाई चार घण्टासम्म बनायन लिइएको थियो । उनको बन्दूकको विषयलाई लिएर अनुसन्धान सुरु भइसकेको छ । मेसीका दाजु पहिलो पटक यसरी प्रहरी हिरासतमा पुगेका भने होइनन् । सन् २००८ मा पनि गोली बोकेको आरोपमा उनी पक्राउ परेको बेलायती सञ्चारमाध्यम मार्साले जनाएको छ । अहिले मेसी घुडाँको चोटका कारण दुई महिनाका लागि बार्सीलोनाको टिम बाहिर छन् । यस घटनाले मैदान बाहिरै रहेका बार्सीलोनाका स्टार खेलाडीलाई ठूलो चोट पुगेको छ । गत सेप्टेम्बर २६ मा घाइते भएका मेसी आफ्नै सम्बन्धमा देखिएका नकारात्मक समाचारका कारण पनि हैरान छन् । इल मुन्डो नामक एक पत्रिकाले लियो मेसी फाउन्डेशनले गर्ने च्यारिटीका क्रममा कर छलेको विषयमा समाचार प्रकाशित गरेपछि मेसी अदालत जाने सूरमा छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल