यूएईमा रहेका विभिन्न संघ संस्थाद्धारा पत्रकार एवम् समाजसेवी आचार्य सम्मानित

भदौ २१

यूएईमा रहेका विभिन्न संघ संस्थाद्धारा पत्रकार एवम् समाजसेवी आचार्य सम्मानित

यूएई –सरकारको कर्मचारीको रुपमा होस वा पत्रकारीताको माध्यमबाट होस्, नेपाली राष्ट्रियताको सुरक्षा र संवद्र्धनमा बिशेष योगदान पुर्याएको भन्दै समाजसेवी एवम् पत्रकार डिल्ली प्रसाद आचार्यलाई संयुक्त अरब ईमिरेट्स (यूएई)मा रहेका विभिन्न नेपाली संघ संस्थाद्धारा सम्मानीत गरिएको छ । 1
नेपाली नारीहरुको महान चाड तीजको अवसर पारेर विभिन्न संस्थाहरुले दुबईमा आयोजना गरेको औपचारिक समारोहहरुमा आचार्यलाई सम्मान गरिएको हो । उनलाई गोरखा सेवा समाज, नेपाली कलाकार समाज र एनआरएनए तथा अन्तराष्ट्रिय नेपाली कलाकार समाज, यूएईले सम्मानित गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि यूएइका लागि नेपाली कार्यवाहक राजदूत नेत्र बहादुर टण्डन, बिशिष्ट अतिथि एनआरएनए, यूएईका अध्यक्ष सुदिप कार्की, नेपाली समाजिक क्लव, यूएईका अध्यक्ष सालिक सुवेदी र कार्यक्रमका प्रमुख तथा अन्तराष्ट्रिय नेपाली कलाकार समाजका उपाध्यक्ष गोपी कृष्ण पंगेनीले संयुक्त रुपमा आचार्यलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल