क्यानाडामा ‘नेपाल कप फूटबल प्रतियोगिता’ सम्पन्न

-  |   गोकर्ण लामिछाने

क्यानाडामा ‘नेपाल कप फूटबल प्रतियोगिता’ सम्पन्न

क्यानाडा – जनजाती संघ, क्यानाडाको आयोजनामा एक दिवसिय फूट्बल प्रतियोगिता भएको छ ।
क्यानाडाको विभिन्न शहरमा छरिएका रहेका नेपाली र भुटानी समुदायबाट प्रतिनिधित्व गर्दै १२ समुहले खेलमा सहभागीता जनाएको थियो । लिग चरण प्रणाली बाट खेलाइएको खेलमा ४ समुह सेमी फाइनलमा पुगेको थियो ।IMG_7136

४ समुहबाट जितेर आउने २ समुह धारी फूटबल क्लब र गोर्खार्ली फुडबल क्लबले फाइनल खेलको यात्राा तय गर्न सफल भएका थिए । सेमी फाइनल देखिनै रोमान्चक बन्दै गएको खेल हेर्न आएका दर्शकहरुको ठुलै भिड देखिन्थ्यो ।

जनजाती संघ क्यानाडाले हरेक वर्ष ‘लेबर डे’ को दिन सकर फूटबल गर्दै आएको छ यो । यो आठौं संस्करण हो र आठौं संस्करणको उपाधी गोर्खाली फूटबल क्लवले सुरक्षीत गरेको छ । धारी क्लव र गोर्खाली क्लबको प्रतिस्प्रधात्मक खेलमा २ गोलको अग्रतामा गोर्खाली फूटबल क्लवले आफ्नो जितलाई सुनिस्चित गर्‍यो ।

बिजयी टिमले नगद १०००$ , सिल्ड ट्रफी प्राप्त गरेका छन भने उपबिजेता टिम धारीलाई नगद ५००$,सिल्ड र ट्रफीले पुरस्कृत गरिएको थियो । निकै दर्शक र समर्थक बिच सम्म्पन्न खेल देख्दा प्रवासमै रहे पनि नेपालीहरु खेलकुद प्रतिको प्रेम अघाद रहेको आभस गर्न सकिन्थ्यो । दिनभर जसो ब्यस्त मैदानमा भएका सबै खेल रुचिपुर्वक हेर्ने दर्शकहरुको भिड बाक्लो नै देखिन्थ्यो ।

खेलमा लालिगुरांस स्पोट्स क्लव, मोसेलहेड क्लव,धारी ,विन्सर क्लव,ड्रुक क्लव,गुएल्फ वेरिज्स क्लव,माउण्टएभरेष्ट क्लव र धारी क्लवले सहभागीता जनाएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल