कुवेतमा एक नेपाली महिलाको मृत्यु

भदौ २१  |   प्रदिप नेपाली

कुवेतमा एक नेपाली महिलाको मृत्यु

कुवेत – कुवेतमा एक नेपाली महिलाको असामायिक निधन भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया बुटवल निवासी रमा गुरुङ रहेकी छिन् ।14281381_685937581559833_475348174_n

प्राप्त जानकारीका अनुसार कुवेतको जिलिबमा बस्दै आएकी गुरुङको आइतबार राति करिब १ बजे निधन भएको हो ।

नासर स्पोर्टस कम्पनीमा सेल्सको काम गरिरहेकी गुरुङ आइतबार राति १२ बजेतिर डिउटीबाट फर्किदा निवास नजिकै किराना पसलमा पानी किनेर पिउँदा ढलेपछि किराना पसलमा आएका इजिप्सियनको सहयोगमा उनलाई उनकै कोठामा लगि एक्लै आराम गर्न छोडिएको र केहि समयपछि साथीहरु आउँदा उनलाई मृत अवस्थामा भेटाएका थिए ।

मृत अवस्थामा पाएपछी उनका साथीहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव वाहन लिएर उनको मृत शरिरलार्इ लिएर गएको दलित एकता संजालका कोषाध्यक्ष कृष्ण सुनारले जानकारी दिएका छन् ।

विगत ७ बर्षदेखि कुवेतमा कार्यरत मृतक गुरुङको चिनजान र नजिकको कोहि नभएकोले उनको शव छिटोभन्दा छिटो नेपालसम्म पुर्याउन भूमिका खेल्न नेपाली राजदुतावास कुवेत र कुवेतमा क्रियाशिल नेपाली संघ संस्थालाई अनुरोध पनि गरिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल