दक्षिण अफ्रिकासँगको हार सहन नसकेर हुलदंगामा उत्रिए भारतीय समर्थक (फोटोफिचर)

असोज १९  |   एजेन्सी

दक्षिण अफ्रिकासँगको हार सहन नसकेर हुलदंगामा उत्रिए भारतीय समर्थक (फोटोफिचर)

कटक – भारत लगातार दोस्रो टी–२० खेलमा पराजित बनेको छ । सोमबार राती सम्पन्न खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएपछि ३ खेलको सिरिजमा २–० ले पछि परेको छ ।
पहिलो खेलमा १ सय ९९ रनको विशाल योगफल तयार पारेको भारतीय टोली हिजोको खेलमा भने केवल ९२ रनमा समेटिएको थियो । जवाफमा दक्षिण अफ्रिकाले केल १७.१ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य भेटायो र सिरिज आफ्नो कब्जामा पार्यो ।
खेलमा १२ रन दिएर ३ विकेट लिएका एल्बी मोर्कल म्यानअफ द म्याच घोषित रहे । पहिलो खेलमा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको थियो ।
खेलमा टस जित्दै दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लेसिसले टस जितेर बलिङ गर्ने फैसला लिएका थिए । अफ्रिकी बलरसामु निरिह बनेको भारत १ सय रनभन्दा कमको स्कोरमा समेटियो ।
आफ्नो टोलीले खराब प्रदर्शन गरेपछि भारतीय समर्थक हुलदंगामा उत्रिएका थिए जसका कारण खेल दुई पटक रोक्न परेको थियो ।

india vs southafric t20 (6) india vs southafric t20 (1) india vs southafric t20 (2) india vs southafric t20 (3) india vs southafric t20 (4) india vs southafric t20 (5)

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल