क्लप लिभरपुलका नयाँ प्रशिक्षक बन्ने

असोज १९  |   एजेन्सी

क्लप लिभरपुलका नयाँ प्रशिक्षक बन्ने

_85922183_klopp_body_getty

लिभरपुल – लिभरपुलले हालै वर्खास्त गरिएका प्रशिक्षक ब्रेन्डन रोजर्सको स्थानमा बोरुसिया डर्टमण्डका पूर्व प्रशिक्षक जर्गन क्लपलाई ल्याउने भएको छ ।
रियल म्याड्रिड र चेल्सीका पूर्व प्रशिक्षक कार्लो एन्चेलोटी पनि यस पदका दाबेदार भए पनि यस हप्ताको अन्त्यसम्म लिभरपुलले क्लपलाई नै प्रशिक्षक नियुक्ति गर्ने बिबिसीले जनाएको छ ।
४८ वर्षीय जर्मन क्लप पनि लिभरपुलको प्रशिक्षक बन्न इच्छुक रहेको बताइएको छ । क्लब र क्लपका प्रतिनिधिसँग कुरा सकारात्मकरुपमा अघि बढिरहेको र अक्टोबर १७ अघि टोटनहमविरुद्धको खेलअघि नै उनलाई प्रशिक्षक नियुक्त गरिने दाबी गरिएको छ ।
करिब ५ मिलियन पाउण्डमा क्लपसँग सम्झौता गर्न लागिएको बताइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल