अवार्डको ह्याट्रिक : गेराथ बेल वेल्सका सर्वोत्कृष्ट खलाडी घोषित

असोज १९  |   एजेन्सी

अवार्डको ह्याट्रिक : गेराथ बेल वेल्सका सर्वोत्कृष्ट खलाडी घोषित

वेल्स – रियल म्याड्रिडका फरवार्ड गेराथ बेल फुटबल एसोसिएसन अफ वेल्स अवार्डमा वेल्सका सर्वोत्कृष्ट खेलाडी घोषित बनेका छन् । प्लेयर्स प्लेयर र फ्यान प्लेयर्स अवार्ड समेत हात पारेका बेलले सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेको यो किर्तिमानी ५ औं पटक हो ।

2D1F80B200000578-3261061-Real_Madrid_star_Gareth_Bale_collects_the_Fans_Player_of_the_Yea-a-19_1444078525168
गत सिजन रियल म्याड्रिडका लागि सुखद् नरहेपनि बेलको ६ गोलको मद्दतले वेल्स युरो २०१६ को छनौट नजिक रहेको छ । सन् १९५८ पछि वेल्स पहिलो पल्ट ठूलो प्रतियोगितामा छनौट हुन लागेको हो ।
बेलले गत जुनमा बेल्जियमविरुद्धको जीतमा र पुनः सेप्टेम्बरमा साइप्रसविरुद्ध निर्णायक गोल गरेका थिए ।
त्यस्तै कार्डिफ सिटी तथा वेल्स अन्डर २१ मिडफिल्डर टमी ओ सुलिभान वेल्सका युवा खेलाडी तथा वेल्स प्रशिक्षक क्रिस कोलम्यानले मिडिया च्वाइस अवार्ड हात पारे ।
महिला खेलाडीको उपाधि भने रिडिङ तथा वेल्सकी डिफेन्डर काइली डेभिसले हात पारिन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल