पेट्रोलियम पदार्थको मूल्य घट्यो

भदौ १६

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य घटाएको छ ।

Petrol dripping from pump at forecourt

आजदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलि दुई रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलमा रु दुई तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु ३५ घटाइएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए ।

यसअघि पेट्रोलको मूल्य प्रतिलि रु १०६ र ५० पैसा तथा डिजेल र मट्टितेलको प्रतिलि रु ८४ थियो । खाना पकाउने ग्यासको मूल्य यसअघि रु एक हजार ४३५ भएकामा अब रु एक हजार ४०० हुनेछ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण नेपाली बजारमा पनि समायोजन गर्नुपरेको प्रवक्ता बरालले जानकारी दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल