साफ च्याम्पियनसिपको उपाधि विजेतालाई रु दुई लाख

भदौ १५

साफ च्याम्पियनसिपको उपाधि विजेतालाई रु दुई लाख

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले यही भदौ १२ गते सम्पन्न उन्नाइस वर्षमुनि उमेर समूहको पहिलो साफ च्याम्पियसिप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली युवा टोलीका खेलाडीलाई जनही रु दुई लाख दिने भएको छ ।

SAFf-108सातदोबाटोस्थित एन्फा क्म्प्लेक्समा एन्फा अध्यक्ष एवम् सभासद् गणेश थापाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले युवा टोलीको सम्मानका लागि एन्फामा आबद्ध ४५ जिल्ला फुटबल सङ्घबाट रु एक एक लाख सङ्कलन गर्नाका साथै विभिन्न सङ्घसंस्थासँग समन्वयन गरी पुरस्कृत गर्ने निर्णय गरेको एन्फाले जनाएको छ ।

सो प्रतियोगितामा नेपालले अन्तिम खेलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो । नेपाली फुटबलको इतिहासमा नेपालले २२ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि हात पारेको थियो ।

त्यस्तै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पनि उक्त टोलीलाई जनही रु एक लाख प्रदान गरिने घोषणा यसअघि नै गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल