एन्फालाई साधारणसभा नगर्न पुनरावेदन अदालतको आदेश

भदौ १६

एन्फालाई साधारणसभा नगर्न पुनरावेदन अदालतको आदेश

काठमाडौं  – पाटन पुनरावेदन अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को यही भदौ १६ गते बुधबारको लागि बोलाइएको साधारणसभा रोक्न आज अन्तरिम आदेश जारी गरेको छ ।

एन्फाका उपाध्यक्ष विजयनारायण मानन्धरलगायतले दायरा गरेको रिटमा यही भदौ १७ गते बिहीबारसम्म कुनै पनि काम कारबाही नगर्न पुनरावेदन अदालतका न्यायाधीश मोहनबहादुर कार्कीको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।

मानन्धर र सदस्य सुमन केसी आफूहरुलाई कुनै पनि जानकारी नै नदिई साधारणसभा गर्न लागेको भन्दै अदालत पुगेका थिए ।

न्यायाधीश कार्कीको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने भन्ने विषयमा छलफलका लागि बिहीबार दुवै पक्षलाई बोलाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल