प्रेस युनियनका जिल्ला अध्यक्षमाथि आक्रमण

भदौ १५

प्रेस युनियनका जिल्ला अध्यक्षमाथि आक्रमण

झापा – नेपाल पत्रकार महासङ्घ झापाका पूर्वसभापति एवम् नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागार्इँलाई लिम्बुवान पार्टी नेपालका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएका छन् ।

अरुणपूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको सङ्घीय लिम्बुवानका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै आज बिर्तामोडमा कुटपिट गर्दा गम्भीर घाइते भएका हुमागार्इँको हाल बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

समाचार सङ्कलनका लागि मे २ प ५३६७ नंको मोटरसाइकलमा रहेका हुमागाईंको मोटरसाइकलमा बन्दकर्ताले तोडफोड गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । लिम्बुवानले सोमबार र आज पूर्वका नौ जिल्लामा आमहड्ताल आह्वान गरेको हो ।

बन्दका कारण झापासहित पूर्वको जनजीवन कष्टकर बन्दै गएको छ । यहाँ लामो तथा छोटो दूरीका कुनै पनि सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल