जारी असन्तुष्टि हल गर्न उच्चस्तरीय वार्ता समिति गठन गर्नुपर्छ : निधि

भदौ १५

जारी असन्तुष्टि हल गर्न उच्चस्तरीय वार्ता समिति गठन गर्नुपर्छ : निधि

बनेपा – भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले आन्दोलनरत पक्षसँग वार्ता गर्न संविधानसभाबाट उच्चस्तरीय वार्ता समिति गठन गर्नुपर्ने बताएका छन् ।

अरनिको यातायात समितिको बनेपामा आज भएको ४४आँैं वार्षिक साधारणसभामा उनले मधेसी जनअधिकार फोरम नेपालका उपेन्द्र यादव, थरुहट आन्दोलनमा लागेका अधिकांश नेता संविधानसभामै रहेकाले त्यस्तो वार्ता समिति परिणाममुखी हुन सक्ने औल्याए । उनले कुनै पक्षले पनि अतिवादी सोच नराखी वार्तामा आउनुपर्ने बताउँदै वार्तामा आउन लिन नहुने बताए ।

उनले यातायात क्षेत्रमा देखिएको एकाधिकार प्रणालीकबाट सिर्जित द्वन्द्वको व्यवस्थापन आवश्यक भएको र चालकलाई दक्ष बनाउने विषय सरकार र व्यवसायी दुवैको भएको बताए ।

समितिका अध्यक्ष जितबहादुर भारतीले यातायात क्षेत्रमा बढेको अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्य हुनुपर्नेमा जोड दिँदै अझै पनि ७५ प्रतिशत पहाडी जिल्लाका सडक धुले सडक भएकाले दुर्घटना बढेको बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल