समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पदयात्रा

भदौ १५

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पदयात्रा

काठमाडौं – सङ्घीय गणतान्त्रिक जनमुक्ति पार्टीले नयाँ संविधानमा जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै आज पदयात्रा गरेको छ ।

भृकुटीमण्डपबाट निकालिएको पदयात्रा भद्रकाली, सहिदढोका, नयाँसडक, वीर अस्पताल हँुदै रत्नपार्कस्थित शान्तिवाटिकामा आएर सभामा परिणत भएको थियो ।

सरकारी कामकाजको माध्यममा सबै राष्ट्रिय भाषा र लिपि प्रयोगलाई मान्यता दिनुपर्ने, भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्नुपर्ने, राज्यका सबै निकायमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने, कार्यकारी प्रमुखको निर्वाचन प्रत्यक्ष निर्वाचनबाट हुने व्यवस्था गर्नुपर्नेलगायत सन्देश सहभागीले प्रचार गरेका थिए ।

पार्टीका अध्यक्ष एमएस थापामगरले सबै जनताको भावनालाई समेटेर संविधान जारी गर्नुपर्नेमा जोड दिँदै सङ्घीय प्रदेशको सीमाङ्कन नामाङ्कन संविधानसभाबाटै गराउन माग गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल