चितवन समाज अष्ट्रेलियामा बुद्धि डल्लाकोटी

  |   अनन्तप्रकाश सुवेदी

चितवन समाज अष्ट्रेलियामा बुद्धि डल्लाकोटी

अस्ट्रेलिया – शनिवार अस्ट्रेलियाको एसफील्ड पार्कमा सम्पन्न दोश्रो वार्षिक साधारण सभाबाट बुद्धि डल्लाकोटीको अध्यक्षतामा चितवन समाज अष्ट्रेलियाको पुनर्गठन भएको छ ।

chitwan samaj australia jitendra

उपाध्यक्षमा छवि सापकोटा चयन भएका छन् भने सचिवमा अनिल पोखरेल, सहसचिवमा धर्म अधिकारी, कोषाध्यक्षमा पुरुषोत्तम संगौंला, सहकोषाध्यक्षमा सीता सुवेदी भट्टराइ, जनसम्बन्धमा रोशन घले, सदस्यहरुमा गितेन्द्र सापकोटा, मुकुन्द भट्टराइ, पुर्ननाथ घिमिरेलगायत रहेका छन् ।

सोही अवसरमा भारतले नेपालमा गरेको नाकाबन्दिको विरोधमा हस्ताक्षर संकलन अभियान पनि चलाइएको नव निर्वाचित सदस्य गितेन्द्र सापकोटाले बताए ।
विगत धेरै वर्षबाट सकृय यस समाजले विगतको भुइचालोको बेलामा पनि धेरै आर्थिक सहयोग जुटाएर राहतमा सहयोग गरेको सापकोटाले बताए । साधारण सभामा नै एक लाख डलरको अक्षय कोशको घोषणा गरेको समाजले सोह्र हजार डलर आजै संकलन भएको र बाँकी छिट्टै संकलन गरेर परोपकारको कार्यमा खर्च गर्ने जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल