हिन्दु राष्ट्र माग्दै निषेधित क्षेत्र तोड्न खोजेपछि (फोटोफिचर)

भदौ १५  |   डिएनएन

हिन्दु राष्ट्र माग्दै निषेधित क्षेत्र तोड्न खोजेपछि (फोटोफिचर)

काठमाडौँ – वैदिक सनातन हिन्दू धर्म जागरण सङ्घर्ष अभियानले नयाँ संविधानमा हिन्दू राष्ट्र कायम गर्न माग गर्दै संविधानसभा भवन अगाडि निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीसँग झडप हुँदा २० भन्दा बढी आन्दोलनकारी घाइते भएका छन् ।

khum bhahadur Protest in New baneshwor (7)

अभियानले हिन्दू राष्ट्र कायम गराउन धार्मिक जागरणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रहरीले कृष्ण लामा, कमला खडका, दीपक राउतलगायत सात आन्दोलनकारीलाई पक्राउ गरेको अभियानले जनाएको छ ।

अभियानका संयोजक एवम् पूर्वमन्त्री खुमबहादुर खड्काले जनताले शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्ने, विरोध गर्ने अधिकारलाई सरकारले बल प्रयोग गरी दमन गरेकामा दुःख व्यक्त गर्दै ८० प्रतिशत हिन्दू धर्मावलम्बी भएको देशमा जारी गरिने नयाँ संविधानमा हिन्दू राष्ट्र अनिवार्य शर्त भएको बताए ।

उनले हिन्दू राष्ट्र कायम नभए मुलुकमा नयाँ किसिमको धार्मिक द्वन्द्व हुने खतरा औँल्याउँदै हिन्दू राष्ट्र नहुँदासम्म आन्दोलन जारी रहने बताए ।

khum bhahadur Protest in New baneshwor (2)


khum bhahadur Protest in New baneshwor (1)

khum bhahadur Protest in New baneshwor (3)
khum bhahadur Protest in New baneshwor (4) khum bhahadur Protest in New baneshwor (5) khum bhahadur Protest in New baneshwor (6)

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल