धादिङ समाज युएईद्वारा सहयोग

धादिङ समाज युएईद्वारा सहयोग

युएई– प्रवासमा रहेर समाजको लागि केहि गरौं भन्ने सोचका साथ स्थापना भएको ‘धादिङ समाज युएई’ क्यान्सर पीडित धादिङकी हेमन्त कुमारी मगरलाई आर्थिक सहयोग गरेको छ ।received_1673420569583190

समाजले धादिङ निलकण्ठ नगरपालिका ९ मैदीकी मगरलाई ७५७३५ रुपयाँ आर्थिक सहयोग गरेको समाजका संरक्षक  भुवन गुरुङले रातोपाटीलाई जानकारी दिए ।
लामो समयदेखि काठमाडौंको बानेश्वस्थित सिभिल हस्पिटलमा उपचार गराइरहेकी उनको अवस्था कमजोर रहेका भनि जिल्ला स्वास्थ्य कार्यालय र सिभिल हस्पिटलले समेत सहयोगको लागि गरेको सिफारिसका आधारमा सो सहयोग गरिएको गुरुङले बताए ।

धादिङबाट युएई आई विभिन्न पेशा व्यवसाय गरि बसेका व्यक्तित्वहरुबाट संकलन गरि गंगाबुस्थित टुरिजम डेभलपमेन्ट बैंकमार्फत रकम प्रदान गरिएको हो ।

रकम संरक्षक गुरुङको श्रीमती राममाया र कोषाअध्यक्ष बिकास गुरुङको श्रीमती दिपा गुरुङ द्वारा हस्तान्तरण गरिएको थियो ।

यसैबीच समाजले हालै भिम अधिकारीको नेतृत्वमा १४ सदस्यीय कार्य समिती समेत चयन गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल