आइसिसी कोषाध्यक्षमा शिवाकोटीको उम्मेदवारी

  |   विजय थापा

आइसिसी कोषाध्यक्षमा शिवाकोटीको उम्मेदवारी

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका राजेन्द्र शिवाकोटीले गैरआवासिय नेपाली संघ अन्तर राष्ट्रिय समन्वय समिति (आइसिसी) को कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पेशाले दर्तावाल लेखापरीक्षक शिवाकोटीले आफ्नो अनुभव आईसीसीको हितमा सदुपयोग गर्न उम्मेदवारी दिएको बताए ।

Rajendra-Siwakoti

शिवाकोटीसँग ८ बर्ष बैंक ,१३ बर्ष लेखा ,एनआरएन एनसीसी अमेरिकाको कोषाध्यक्ष हुदै आइसीसी सम्मको अनुभव छ ।

काठमाडौँमा हुन गइरहेको विश्व सम्मेलन नजिकिँदै जाँदा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने क्रम बढ्दो छ ।शिवाकोटीले उम्मेदवारीलाई सकारात्मक ग्रहण गर्दै बिजयी गराउन सबैसँग आग्रह गरेका छन् ।

शिवाकोटीचुस्त लेखा प्रणालीको विकास ,सामूहिक नेतृत्व र संस्थापन विकास ,व्यवस्थित बैदेशिक रोजगार ,आत्मनिर्भरता र पारदर्शिता विश्वब्यापी समृद्धि, पहिचान र सामाजिकीकरण , मातृभूमि निर्माण, राजनीति प्रभावबाट मुक्त मुख्यजस्ता मुद्दाहरु अघि सारेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल