नेपाली कलाकार समुह यूएई क्षेत्रीय समिती गठन

नेपाली कलाकार समुह यूएई क्षेत्रीय समिती गठन
 यू.ए.ई.
नेपाली कलाकार समुह (NAG) यूएईले २५ सेप्टेम्बर २०१५  शुक्रबारका दिन डिब्बामा नेपाली गीत संगीत क्षेत्रका कलाकारहरुको एक वृहत भेला आयोजना गरि खेमराज ओलीको अध्यक्षतामा १९ सदस्यिय क्षेत्रिय समिति गठन गरेको छ ।नेपाली भाषा कला साहित्यको संरक्षण र सम्बर्धन गर्ने हेतुले करिब एक महिना पहिले फुजैराहमा चर्चित नायक आर्यान सिग्देलको हातबाट उद्घाटन भएको नेपाली कलाकार समुह (NAG)ले संस्थाका केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा र उपाध्यक्ष हरि ढकाल, कोषाध्यक्ष सागर लुईटेल, सदस्य टेक राज, र कल्पना थापाको उपस्थितिमा सो क्षेत्रीय समिती गठन गरिएको हो ।
नवगठित समितिका अध्यक्ष ओलीले आउदा दिनहरुमा डिब्बामा रहेका सम्पूर्ण कलाकार र नेपालीहरुलाई एकजुट गरेर अघाडि बढ्ने कुरामा जोड दिनु भएको थियो ।
त्यस्तै नेपाली कलाकार समुह (NAG)ले केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद अधिकारीले नया समितिले आगामी दिनमा डिब्बामा भएका सम्पूर्ण नेपाली कलाकारलाई कला क्षेत्रमा एकजुट गर्नेछ भन्दै नयाँ समतिलाई बधाई र शुभकामना दिनु भएको थियो । भने संस्थाका उपाध्यक्ष हरि ढकाल, कोषाध्यक्ष सागर लुईटेल, सदस्य टेक राज, र कल्पना थापाले पनि आ आफ्नो जिज्ञासा राख्दै नवगठित क्षेत्रीय समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
अध्यक्ष खेमराज ओलीको नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहको कार्यसमिती चयन भएको छ ।
अध्यक्ष  खेमराज ओली,उपाध्यक्ष सुश्री देबिका खड्का,सचिव  भुप नारायण श्रेष्ठ,सह-सचिव सुश्री डोल्मा शेर्पा,कोषाध्यक्ष जनक राज ठकुरी रसदस्यहरुमा होम बहादुर कार्की अनिता के.सी.,मन बहादुर सुनार,मायातामाङ,सुजीताअधिकारी,निर्मला थापा,यम सारु,मनोज कुमार महतो,सन्तोस कुमार लिम्बू,गोपाल ओली,बिमला तामाङ,कृष्ण के सी , देव राजबशी,मोहन थापा,त्यस्तै सल्लाहाकारहरुमा प्रबिना तामाङ ,सन्तोष जी.सी,अनिल शर्मा रहनु भएको छ ।
कार्यक्रममा उपस्थित सदस्यहरुले आ-आफ्ना जिज्ञासा राखेका थिए ।​​
Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल