अमेरिकी नगर प्रमुखले समाजसेवी परियारको सम्मानार्थ एक दिन के गरे ?

  |   विजय थापा

अमेरिकी नगर प्रमुखले समाजसेवी परियारको सम्मानार्थ एक दिन  के गरे ?
 
 ,वाशिंगटन डिसी 
 
गोरखाको बिकट गाउँ ताक्लुंगको एक दलित परिवारमा जन्मिएकी बिष्णु माया परियार (मानार्थ-विद्यावारिधि)लाई गत सेप्टेम्बर २७ तारिख उनको सम्मानमा प्रोकेलेमेसन (घोषणा) गर्दै सेप्टेम्बर २७ तारिख दिन उनलाई समर्पित गर्दै सम्मान गरिएको छ l
 
उनलाई अमेरिकाको केन्टकीको लुइज़भिलमा उक्त सम्मान गरिएको हो l महिला अधिकारकर्मी तथा समाज सेवी परियारलाई केन्टकीको लुइज़भिलका नगर प्रमुख ग्रेग ई फ़िशरले उनलाई दलित ,सिमान्तकृत ,बालबालिका तथा महिलाहरुको सेवामा अहम भूमिका निर्वाह गरेकोमा उक्त सम्मान गरेका हुन् l
 
11225068_10153040924470776_4084943498263118983_n 12079296_10153040924400776_1958937008018923953_nउक्त कार्यक्रममा नगर प्रमुखले सेप्टेम्बर २७ तारिखको दिन लाई डा बिष्णु माया परियार लाई समर्पण गरेको घोषणा गरेका थिए भने उनले नगर प्रमुख ग्रेग ई फ़िशर तथा शहरकी महिला परिषद टिनवार्ड पूघ ,लुईजभिल बिश्व बिद्यालयका प्राध्यापक करेन कजर ,मार्क होग तथा अन्यलाई धन्यबाद दिएकी छिन् l
 
हाल समाज सेवी डा बिष्णु माया परियार बोस्टन छोडेर न्युजर्सीलाई कर्म थलो बनाएकी छिन् l उनले न्युजर्सीमा कारणको लागि महिला नामक गैर मुनाफा सामाजिक संस्थाको स्थापना गरेकी छिन् l
 
परियारले न्युजर्सी शहरबाट बिभिन्न सामाजिक सेवा ,टिपीएस तथा भूकम्प पिडितहरुका लागि उनले गरेको योगदान र समर्पणको उच्च कदर गर्दै सेप्टेम्बर २७ तारिख दिवस नै उनको नाममा घोषणा गरिएको हो l
 
उनि भूकम्प लगत्तै नेपाल पुगी करिब एक महिना नेपाल बसी आफ्नो गाउँ पुगी राहत ,आर्थिक सहयोग ,अन्य सहयोग तथा पुनर्निर्माणमा जुटी फर्केकी थिइन् l
 
डा परियार सयुक्त राज्य अमेरिकाको बोस्टनस्थित इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) कि संस्थापक अध्यक्ष हुन भने अमेरिकाको क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा स्नातकोतर गरेकी छिन् l
 
२०१३ मा बिष्णुमाया परियारलाई अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०० बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त “पाइन् मानोर कलेज”ले मानार्थ बिद्यावारिधी द्वारा सम्मान गरेको थियो ।  
 
परियारद्वाले सन् १९९६ मा आफैले स्थापना गरेको सामाजिक संस्था “एड्वन “मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुलाई उत्थान गर्दै आएकी छिन् ।
 
उनि बिभिन्न संघ तथा संस्थाहरुका महिला बिषय सम्बन्धि बिभिन्न कार्यक्रमको प्रमुख संयोजक तथा वक्ताको रुपमा संलग्न भै रहेकी छिन् l
 
नेपाली समाजमा रहेको छुवाछुत, भेदभाव, घरेलु हिंसा, महिला उत्थान र महिला शसक्तिकरण सम्बन्धि बिशेष भूमिका निर्वाह गर्दै आफ्नो अभियानमा निरन्तरता दिई रहेकी छिन् l
 
एड्वानले नेपालमा महिला शशक्तिकरण सम्बन्धी नेपालका दलित महिला,बालबालिका र अन्य बिपन्न समुदायका महिला र बालबालिका उत्थानका लागि बिद्यालय स्थापना तथा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ। 
 
सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरे वापत उनलाई कदरस्वरुप ४ दर्जन भन्दा ज्यादा राष्ट्रिय र अन्तर रास्ट्रिय  पुरस्कार द्वारा उनि सम्मानित भै सकेकी छिन् ।
Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल