भारतीय हस्तक्षेपको विरोधमा स्विजरल्याण्डमा रहेको भारतीय दुतावास घेराउ

  |   बिजय शर्मा दर्पण

भारतीय हस्तक्षेपको विरोधमा स्विजरल्याण्डमा रहेको भारतीय दुतावास घेराउ

स्वीजरल्याण्ड– भारतीय हस्तक्षेपका बिरुद्द स्विटजरल्याण्ड स्थित भारतीय दुताबासमा यहाँ रहेका नेपालीहरुले धर्ना दिन लागेका छन् ।
हेल्भेचिया प्लाट्ज बेर्नस्थित भारतीय दूताबासमा नेपालीहरुले पर्सी सोमबार स्थानीय समयअनुसार साँढे २ बजेदेखि ४ बजेसम्म घेराउ गर्न लागेका हुन् ।
जनसम्पर्क समिती स्विट्जरल्याण्ड, प्रबासी नेपाली मंच स्विट्जरल्याण्ड, नेपाली ऐक्यबद्दता मंच स्विट्जरल्याण्डको संयुक्त अगुवाईमा हुन लागेको सो घर्ना कार्यक्रममा उपस्थितिको लागि स्विट्जरल्याण्डमा विभिन्न पेशा र व्यवसाय गरि बसेका नेपाली हरुलाई अनुरोध गरिएको छ ।
नेपाली जनताले आफ्नो निर्वाचित प्राितनिधिले लेखेको संविधान पाउनु खुसीको कुरा भएपनि भारतले सोहि संविधानमा असन्तुष्टि राख्दै सीमानाका समेत ठप्प पार्नु भारतको हेपाहा प्रवित्ति बाहेक अरु केहि नभएको यहाँस्थित नेपालीहरुको ठहर छ ।

आयोजकले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘एक सार्भभौम सत्ता संम्पन्न राष्ट्र माथिको भारतीय नाङ्गो हस्तक्षेपको स्विटजरल्याण्ड स्थित हामि तिन संगठन घोर भत्सर्ना गर्दै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न भारत सरकार संग अपिल गर्दछौ ्र बिगत देखि नै कुनै न कुनै बहानामा नेपाल माथि आफ्नो प्रभुत्व जमाउन खोज्ने भारत सरकार र प्रशासनले कहिले सिमा बिबाद त कहिले आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आइरहेको छ ्र त्यसको ज्वलन्त उदाहरण संबिधान जारि हुनु पहिले आफ्नो बिसेष दुत नेपाल पठाएर संबिधान रोक्न गरेको असफल प्रयास, संबिधान बनिसकेपछि व्यक्त गरेको असन्तुस्टी पूर्ण बिज्ञप्ति र हालसालै भारतीय मिडियामा प्रकाशित नया संबिधानमा भारतीय पक्षले राख्न खोजेको सात बुदे प्रस्ताब, अघोषित सिमाना बन्द र नाकाबन्दी हुन् ।’

भारत सरकारको बिरोध गर्दै विरोध गर्दै सोमबार बेर्न स्थित भारतीय दुताबासमा बिरोध प्रदर्शन गर्दै ज्ञापन पत्र समेत बुझाउने कार्यक्रम भएको आयोजक मध्येका एक अचुत प्रसाद फुयालले जानकारी दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल