मलेसियाका १ सय ८४ कम्पनी शुन्य लागतमा नेपाली कामदार लैजान तयार

असोज ८

मलेसियाका १ सय ८४ कम्पनी शुन्य लागतमा नेपाली कामदार लैजान तयार

काठमाडौं– सरकारले केहि समय गरेको निर्णय अनुसार मलेशियाका १ सय ८४ वटा कम्पनीले फ्रि भिजा फ्रि टिकट योजना अन्र्तगत नेपाली कामदार लैजान तयार भएको छ । malaysia
त्यका लागि कम्पनीहरुले माग पत्र प्रमाणीकरणका लागी कागजात पेश गरेका छन् ।
मलेसियास्थित नेपाली राजदुतावासमा सो कम्पनीहरुले ५ हजार ३ सय ५३ कामदारको माग पत्र प्रमाणीकरणका लागी कागजात पेश गरेको दुतावासद्धारा जारी बिज्ञप्तीमा जनाईएको छ ।
मागपत्रसँगै कागजात पेश गरेका कम्पनीमाथी छानबिन कार्य भैरहेको समेत दूताबासले जनाएको छ ।
नेपाली कामदार पठाउन योग्य भेटिएका कम्पनिहरुको मागपत्र स्विकृत गर्ने प्रक्रियामा रहेको समेत नेपाली दुतावासले जनाएको छ ।
नेपाल सरकारले फ्रि भिजा फ्रि टिकट योजना लागु गरे यता अहिले सम्म १ सय ८४ कम्पनिमात्र प्रक्रियामा आएका हुन् ।
अन्य कम्पनिहरु अहिलेसम्म पनि मौन छन् । नेपाल सरकारले गत असार २१ गते बाट फ्रि भिजा फ्रि टिकट योजना लागु गरेको हो ।
मलेसिया लगायत गल्फका बिभिन्न ६ मुलुकका लागि सरकारले फ्रि भिजा फ्रि टिकटको निर्णय लागू गराएको थियो । तर, सो निर्णय हालसम्म पनि कार्यान्वयनमा आउन समस्या भइरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल