सिड्नीमा बुद्ध जयन्ती मनाइदै    

-  |   सीता रसाइली

 सिड्नीमा बुद्ध जयन्ती मनाइदै    

संयुक्त  बुद्ध  जन्म  जयन्ती  समारोह  सिड्नीको  आयोजनामा  विश्व  शान्तिका  प्रबर्तक   मानिने   भगवान  गौतम  बुद्धको  जन्म  दिन  मनाइने  भएको  छ  ।    तामाङ  समाज  सिड्नी,  गुठी  अष्ट्रेलिया,  शेर्पा  किदुग,  छन्तयाल  परिवार,  थकाली  सेवा  समिति,  म्याग्दी  सेवा  समिति  र  बुद्ध  दर्शन  समिति  द्वारा  गठित    संयुक्त  बुद्ध  जन्म  जयन्ती  समारोहले    बुद्धको    २६४०  औ  जन्म  जयन्ती  आगामी   मे   २२  तारिकका    दिन  बिहान  ९  बजे  देखि  टेम्पे  रिजर्भ  पार्कमा  मनाउन लागेको समारोहका सम्योजक   अरुण तामाङले  बताएका छन  ।   picture

यस  पटक  पनि  २६४०अौं  जन्म  बुद्ध  जयन्ती  सिड्नीमा  बिबिध  कार्यक्रम  सहित  मनाइने  कुराको  जानकारी  तमाङ  दिए     ।    बुद्द  जयन्ति  समारोहमा     बुद्द  ध्यान,  पुजा,   विश्व  शान्ति,  सहिष्णुता  र  वन्धुत्वको  सन्देश    फैलाउन  बुद्धका  अनुयायी  धर्म  गुरुहरुको  प्रवचन,  बुद्धको  फोटो  प्रदर्षनी  ,  १०८  दिप  प्रज्वलन  ,  बुद्धको  जिबनी  ,  खेलकुद   लगायत    बिबिध  मनोरन्जनात्मक  सँगै    अध्यात्मिक  गतिबिधिहरु  रहेको  तमाङले  जानकारी  दिए  ।

 आयोजकहरूले  नेपाल  बुद्धको  पवित्र  भूमि  भएको  भन्दै  त्यसको  प्रचार  प्रसार   आवश्यक    भएकोले हरेक बर्ष मनाउदै आएको   औँल्याएका  हुन् ।

कार्यक्रममा नेपाली समुदायका नेता, बुद्धिजीबी, पत्रकार, व्यवसायीहरूलाई आमन्त्रण गरिएको बताइएको छ ।

 

बुद्धको  जन्म जयन्ती २५६० औ कि २६४० औ   ?

सामाजिक सन्जालमा भेटिएका पोस्टरहरु फरक फरक अंकडाका छन किन फरक पाअर्नु भयो भन्ने प्रश्नमा  तमाङ एसो भन्नु हुन्छ । हामीले बुद्ध जन्मेको दिन मनाउन लागेका हौ । गौतम  बुद्ध ६२३ बि सि  मा जन्मनु भएको हो जब उहाको देहब्सान भयो त्यतिबेला बुद्धको उमेर थियो  ८० बर्ष । नेपालमा मनाउने गरिएको जन्म जयन्ती नभई उहा मरेको दिनको स्‍मृति  अर्थात बर्खी जस्तो मनाएको हो जस्ले गर्दा २५६० औ बर्ष  हुन आएको हो । अहिले २०१६ चल्दैछ हाम्रो अनुसार   ६२३+२०१६ = २६३९ हुन आउछ  त्यसैले २६४० औ बर्ष  मा टेक्ने भएको ले यसो राखिएको हो उनले भने

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल