माओवादी एकताको प्रवासी नेपालीद्धारा स्वागत

जेठ ७  |   तुलसी प्रसाद कोइराला

माओवादी एकताको प्रवासी नेपालीद्धारा स्वागत

FB_IMG_1463675868566उदयपुर – विभिन्न टुक्रामा विभाजित माओवादी घटकहरुको एकतालाई प्रवासी नेपालीले स्वागत गरेका छन् । नेपाली जनप्रगतिशिल मञ्च दोहा कतारले विहीबार एक विज्ञप्ती जारी गर्दै माओवादी घटकहरुको एकतालाई स्वागत गरेको हो ।

मंचका अध्यक्ष शनिकुमार ओली र महासचिव जैवी राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा माओवादी घटकहरुको १९ मे २०१६ का दिन काठमाडौंमा भएको बृहत माओवादी पार्टी एकताले विभिन्न समय र कालखण्डमा माओवादी आन्दोलनप्रति समर्पित महान सहिदहरुको लक्ष्य र सपनालाई साकार बनाउने प्रयत्न भएको जनाएको छ ।

विज्ञप्तीमा बेपत्ता तथा घाइते परिवारको इच्छा र भावनाको सम्मानमा माओवादी देशभक्त क्रान्तिकारी बामपन्थी प्रगतिशील आस्थावान कार्यकर्तालाई नयाँ उर्जा थपेकाले एकताप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ ।
मञ्चले एकतामा आउने सम्पूर्ण माओवादी घटक पार्टी नेतृत्व र आम कार्यकर्ताहरुमा १० वर्षे जनयुद्धकालमा सँगै सहयात्रीका रूपमा महान जनयुद्धको नेतृत्व गरेका नेता तथा कार्यकर्ताहरु फुटेर हैन जुटेर मात्रै उपलब्धिको रक्षा र विकास गर्न सकिन्छ भन्ने सन्देश दिएको जनाइएको छ ।

विदेशमा रहेर विभिन्न पेशामा रहेका नेपालीहरुले एकता संविधानलाई कार्यन्वयन, समृद्ध नेपाल बनाउने महान अभियानमा र विस्तृत शान्ती सम्झौतालाई अन्तिम टुंगोमा पुर्याउनका लागि हाम्रो पार्टी अग्रपंक्तिमा रहि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको विज्ञप्तीमा उल्लेख छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल