संबिधानको खुशियालीमा युएईमा  दिपप्रज्वलन

  |   बिनोद श्रेष्ठ

संबिधानको खुशियालीमा युएईमा  दिपप्रज्वलन

 

युएई- देशमा संबिधान घोषणा भएलगतै प्रबासमा पनी खुशियाली मनाउने क्रम जारी छ।

संबिधान घोषणाको स्वागतमा बिभिन्न देशहरूमा नेपालीहरूले हर्ष उल्लासका साथ शुभकामना तथा दिपावली मनाएका छन्।uae khusiyali

युएईमा पनी नेपालीहरूले दिपावली गरेर नँया संबिधानको स्वागत गरेका छन्।

रोजगारीको शिलशिलामा युएईको बिभिन्न क्षेत्रमा रहेका नेपालीहरू जम्मा भएर खुशी साथ दिपावली मनाएका हुन्।

 यसै गरी नेपाली दुताबास अाबुधावीमा पनी बिभिन्न सामाजिक संघ संस्था,राजनितिक भातृ संगठन,समाजसेवी,ब्यापारी साथै नेपालीहरूले दिपावली मनाए।

अलएेनमा रहेका नेपालीहरूले पनि जारी संबिधानको दिपावली मनाएर स्वागत गरे भेटघाट नेपाली रेष्टुरेन्टमा भएको उक्त दिपप्रज्वलन कार्यक्रममा बिभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधि, समाजसेवी ब्यापारी तथा नेपालीहरूको उल्लेखिने उपस्थिती रहेको थियो। यसै गरी दुबइमा पनी नेपालीहरूले दिपावली गरेर नँया संबिधानको खबर प्राप्त भएको छ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल