स्विजरल्याण्डको राजधानी बर्नमा बुद्धजयन्ती धुमधामले मनाउने तयारी

जेठ २

स्विजरल्याण्डको राजधानी बर्नमा बुद्धजयन्ती धुमधामले मनाउने तयारी

13245880_1006996239335654_953388111_nस्विजरल्याण्ड – यहि आउने महिनाको २१ तारिखका दिन स्विजरल्याण्डको राजधानी वर्नमा अवस्थित संसद भवन अगाडि एक विशेष कार्यक्रमकाबीच बुद्धजयन्ती मनाउने तयारी गरिएको छ ।

गौतम बुद्ध नेपालमा जन्मेका हुन्, नेपाल भ्रमणको लागि सुरछित छ भन्ने सन्देशलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्धेश्यले समाजसेवी आङ्ग तेञ्जिङ्ग शेर्पा र कमल भट्टको आयोजनामा यो कार्यक्रमको तयारी भइरहेको हो । बिहान साढे १० बजेदेखि मध्यान्ह १ बजेसम्म खुला रुपमा बुद्धजयन्ती मनाउने कार्यक्रम रहेको छ ।

नेपाल र नेपालीको गौरव भगवान बुद्धको जन्मजयन्ती मनाउन, विश्वव्यापी रुपमा बुद्धको शान्तिको सन्देश बुलन्द गर्न, नेपालको पर्यटन प्रबद्र्धन गर्न नेपालबारे विश्वलाई जानकारी गराउन पनि कार्यक्रम प्रभावकारी हुने अपेक्षा आयोजकको लिएको छ ।

कार्यक्रममा सहभागी हुन इच्छुक विभिन्न संघसंस्थाहरुलाई बुद्धको तस्बिर, मुर्ति र नेपाली झन्डासहित उपस्थित हुन आव्हान गरिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल