संबिधानलाई स्वागत गर्दै मलेसियामा दिप प्रज्वलन, कतै संबिधान जल्यो

रवी भट्ट

संबिधानलाई स्वागत गर्दै मलेसियामा दिप प्रज्वलन, कतै संबिधान जल्यो

क्वालालम्पुर-नयाँ संबिधान जारी हुदै गर्दा खुसीयाली स्वरुप मलेसियामा रहेका नेपालीले दिप प्रज्वलन गरेका छन् ।
राजधानी क्वालालामपुरमा आयोजित एक बिशेष कार्यक्रममा दिप प्रज्वलन गरिएको हो । सो क्रममा बोल्दै मलेसियाका लागी नेपाली राजदुत डाक्टर निरंजनमान सिंह बस्न्यातले अथक प्रयास पछि आएको ऐतीहासीक संबिधानले सबै नेपालीको भावना समेट्न सक्ने बिश्वास ब्यक्त गरे ।deep
राजदुत बस्न्यातले बहुमत जनप्रतिनिधीले पारीत गरेको संबिधानले समेट्न नसकेका या छुटेका बिषय भए बहुमतबाट नै संसोधन हुन सक्ने बिचार ब्यक्त गरे । संबिधान कुनै अकाट्य चिज नभै गतिशिल भएकाले सबै नेपालीको अधिकार सुनिश्चित गर्न सक्षम हुने उनको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेश जन संम्पर्क समितीका सभापति चोलाकान्त पंगेनी , प्रवासी नेपाली मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी तथा नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष प्रेम पाण्डेले बोल्दै नया संबिधान नेपालीको जित भएको बताए । कार्यक्रममा दुतावासका कर्मचारी,पत्रकार , ब्यबसायी , मजदुर लगाएतको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम नेपाली कांग्रेश, नेकपा एमाले तथा एकीकृत नेकपा माओबादीनिकट भातृ संगठनहरुले सम्युक्त रुपमा आयोजना गरेका थिए ।

यता आदिवासी र जनजातीको कुनै पनि मुद्धा सम्वोधन गर्न नसकेको भन्दै मलेसियाको क्लालाम्पुरमा रहेका आदिवासी र जनजातीले संविधानको प्रति समेत जलाएर बिरोध गरेका छन् । लिम्वुवानी जनताको कुनै मुद्धालाइ पुरा नगरेका कारण घोषणा हुदै संविधान जलाउनु परेको उनीहरुको भनाइ छ ।

नयाँ जारी भएको संविधानले सदियौ देखी तल पारीएका नेपाली आदिवासी जनजातीको सवालमा कुनै ठोस काम गर्ने आशा नरहेको सो कार्यक्रममा वक्ताहरुले वताए ।
संविधानवाटै जातिय र क्षेत्रीय अधिकार प्रत्यायोजन हुन नसकेकोले जनताको पक्षमा संविधान नआएको उनीहरुले वताएका छन् । deep १
जतिय रुपमा राज्य घोषणा हुने आस राखेका नेपाली जनतालाइ नेपालका शिर्षस्थ नेताले धोका दिएको समेत उनीहरुले वताए । अमृत थाङ्गदेन, मात्रिका धिमाल लगायत यहाका आदिवासी जनजाती नेताहरुले संविधानको प्रति जलाउदै आदिवासीको माग पुर्ण रुपमा नसमेटि जारी भएको संविधान मान्य नहुने वताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल