मलेशियामा वैदेशिक रोजगारीमा गई अलपत्रमा परेका ६ नेपालीहरूको उद्दार

वैशाख ३१

मलेशियामा वैदेशिक रोजगारीमा गई अलपत्रमा परेका ६ नेपालीहरूको उद्दार

काठमाडौं  – मलेसियामा अलपत्र परेका ६ नेपाली कामदारको उद्दार गरिएको छ । मलेशिया स्थित हाइटमार्क कम्पनीमा क्लिनरको काममा रोजगारको सिलसिलामा गएकोमा उनीहरु अलपत्र परेका थिए ।

कम्पनीले अन्य कम्पनीमा काम लगाई दुस्ख पाएको र अध्यागमन कार्यालयबाट समेत पक्राउ परी करीब १ महिनादेखि थुनामा रही अलपत्र अवस्थामा परेको भनी महानगरीय अपराध महाशाखाको हटलाईन नं. ११७७ मा टेलिफोन जानकारी आएपछि महाशाखाको विशेष पहलमा उनीहरुको उद्दार भएको हो । महाशाखाले मलेशिया स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी वैशाख २९ गते उद्दार गरी नेपाल ल्याईएको छ ।

पिडित :

 पिडित :

नाम : निल बहादुर राई

            उमेर :  २४ वर्ष

            स्थायी ठेगाना : जिल्ला रौतहट चन्द्रनिगाहापुर -७

नाम : बुद्धबिर तामाङ

उमेर : २६ वर्ष

स्थायी ठेगाना : जिल्ला पाँचथर राके -१

नाम : यम बहादुर वली

उमेर : २३ वर्ष

स्थायी ठेगाना : जिल्ला चौधरीपुर -८

नाम : अनुप दाहाल

उमेर : २५ वर्ष

जिल्ला ओखलढुङ्गा वर्णाली -२

नाम : विनोद तामाङ

वर्ष : २५ वर्ष

स्थायी ठेगाना : जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. -५

नाम : नरसङ तामाङ

उमेर : २३ वर्ष

स्थायी ठेगाना : जिल्ला दोलखा तारेभिर -६

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल