अमेरिकाका सत्यालद्वारा संबिधानको घोषणासँगै १ सय २९ पटक रगत दान

विजय थापा

अमेरिकाका सत्यालद्वारा संबिधानको घोषणासँगै १ सय २९ पटक रगत दान

वाशिंगटन डिसी-‘रगत दान जीवन दान’ भन्ने मूल मन्त्रबाट प्रभावित भएका अमेरिकाको फ्लोरिडा राज्यका समाज सेवी नेपाली अजय सत्यालले ८ बर्षपछि संबिधान बनेको खुशियालीमा रगत दान गरेका छन् lsatyal

उनले यस पटक समेत लगाएर अहिले सम्म १ सय २९ पटक रक्तदान गरेर अमेरिकामा बस्ने नेपाल र नेपालीको नाम अलग रुपमा चिनाएका छन् l

उनले अमेरिकामा बसी नेपालमा संविधानको घोषणा प्रतक्ष्य प्रसारण हेरी संबिधानको घोषणा भए लगतै यो भन्दा खुसि आफ्नो लागि केहि हुदैन भन्दै रगत दान गरेको बताए l
नेपालको नयाँ संबिधान २०७२ लाई स्वागत गर्दै तुरुन्तै मैले केहि गर्नु छ भनि यही ठिक होला भनि रक्तदान गरेको बताए l

आफू अत्यन्तै खुशी रहेको भन्दै उनले प्लाटेलेट्स दान गरेको भन्दै संबिधानले देश बचाउने बताए l यसले आफुहरुले परम्परा तथा आत्मसम्मानलाई बचाउने बताए l

सत्याल समाजसेविको अतिरिक्त ब्लड डोनेसन अफ अमेरिकाका फ्लोरिडा राज्यका संयोजक तथा अन्तर राष्ट्रिय नेपलिज ब्लड डोनर्सका उपाध्यक्ष समेत रहेका छन् l

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल