दक्षिण कोरियामा नेपाली युवक सुतेकै अवस्थामा मृत फेला

३१ वैशाख  |   रासस

दक्षिण कोरियामा नेपाली युवक सुतेकै अवस्थामा मृत फेला

पाँचथर – पाँचथर जिल्ला फिदिम नगरपालिका–३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन् ।

मृत्यु हुनेमा २७ वर्षीय जयकुमार राई रहेका छन् । सिउलदेखि उत्तरतर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई बिहीबार राति सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको त्यहाँबाट कुसुम वास्कोटाले जानकारी दिए ।

उनका अनुसार राती १२ बजेसम्म फोनमा गफ गरी सुते पनि बिहान उठ्दा भने सुतेको ठाउँमा उनको मृत्यु भएको सँगै सुतेका साथी प्रकाश खनालले बताए । उनका अनुसार सोमबार रुखाखोकीको लक्षण उनमा देखिएको थियो । घटनाबारे नेपाली दूतावासका श्रम सहचारीलाई जानकारी गराएको उनले बताए । अविवाहित राई एक वर्षअघि कोरिया गएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल