जर्मनीमा चितवन समाज गठन

जर्मनीमा चितवन समाज गठन

जर्मनी-

\जर्मनीको विभिन्न क्षेत्रमा छरिएर रहेका चितवनवासीहरुले पहिलोपटक सामुहिक रुपमा भेला भै एक  तदर्थ समिति गठन गरेका छन् ।
चितवनवासीको वीचमा आपसी भाईचारा, पुस्ता- पुस्ता वीचको अन्तर्क्रिया, विचार एवं अनुभवको आदनप्रदान गर्न, बहु संस्कृतिक परिवेशमा हुर्कदै गरेका बालबालिकालाई मार्ग प्रदर्शन गर्न र चितवन जिल्लाको समग्र विकास तथा बिभिन्न सामाजिक कार्यमा यथाशक्य योगदान पुर्याउने उद्देश्यले आयोजित भेलामा विभिन्न क्षेत्रबाट चितवनवासीहरु सहभागी भएका थिए ।fc0aa9dd-9017-4a59-970d-dc6ac8ae00cb
समाजसेवामा अग्रणी योगदान गर्दै आएको चितवनवासीहरुको संस्था चितवन सहायता कोष बेल्जियमक पदाधिकारीहरुको सहजीकरणमा प्रकाश शर्माको अध्यक्षता र जीवा लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले यज्ञराज सुवेदीको संयोजकत्वमा संस्थापक तदर्थ समिति गठन गरेको छ ।
समितिले सदस्यहरुवीच क्षेत्रीय संयोजन गर्न र जर्मनीमा रहेका सबै चितवनवासीहरुलाई थप संगठित गराउने निर्णय गरेको छ। निकट भविष्यमा विस्तारित भेला आयोजना गरी वर्तमान समितिलाई विस्तारित गर्दै आधिकारिकता प्रदान गरिने हुनाले संस्थाको उद्देश्य एवं आवधारणामा थप परिमार्जन र परिस्कृतको खातिर सुझाव ब्यक्त गर्न सबै चितवनवासीहरुमा हार्दिक आब्हान गरिएको छ ।
सल्लाहकारहरु  जीवा लामिछाने,
प्रकाश शर्मा,
राम प्रताप थापा ,
सुरज श्रेष्ठ,
हुमनाथ ढकाल

संयोजन समिति यज्ञराज सुवेदी संयोजक र सदस्यहरुमा
होम शर्मा,
किरण रायमाझी ,
रमेश शिवाकोटी,
भीमा नानी श्रेष्ठ,
ओम आले,
राजेश लाल श्रेष्ठ ,
शिव मरहठ्ठा ,
रामदाश श्रेष्ठ ,
यमकला काफ्ले ,
सुनिल हमाल ,
आयुष श्रेष्ठ र
दिपेन्द्र सुवेदी रहेका छन्

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल