युएईमा नेपाली कामदारको स्वास्थ्य परिक्षणमा सहुलियत

२९ वैशाख

युएईमा नेपाली कामदारको स्वास्थ्य परिक्षणमा सहुलियत

13177314_984026844978792_3645227719720179061_nयुएई- दुबईको रसिदिया पोली क्लिनिकले नेपालीलाई स्वास्थ्य परिक्षणमा सहुलियत दिने भएको छ । नेपाली समाज युएई र रसिदिया पोली क्लिनिक बिच नेपालीलाई सहुलियत दिने स्वास्थ्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यूएईमा रहेको नेपालीको पहिलो ठुलो सामाजिक साझा संस्था नेपाली समाज युएईले विभिन्न समयमा आफ्ना क्रियाकलाप गर्दै आउने क्रममा यसपटक अत्यन्तै संवेदनशिल स्वास्थ्य क्षेत्रमा अल रसिदिया पोली क्लिनिक र नेपाली समाज युएई बीच स्वास्थ्य सम्बन्धि सम्जौता पत्रमा हस्ताक्षर गरेको हो ।

 समाजका महासचिव मणि भुर्तेलकाले युएईमा कार्यरत नेपालीको स्वास्थ्य उपचारमा सर्वसुलभ तरिकाले सेवा दिने उद्धेश्यका साथ सम्झौता भएको बँताउदै बिगतका दिनमा पनि युएईको विभिन्न ठाउँमा स्वास्थ्य शिबिर आयोजना गर्दै आएको नेपाली समाजले यो सम्झौता गरे संगै नेपालीले उक्त पोलिक्लिनिकमा सुलभ तरिकाले उपचार गराउन पाउने बँताएका छन्।

 रसिदिया पोलिक्लिनिकका प्रमुख कार्यकारी अधिकृत मनु मह्दी र नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिमा नेपाली समाजको सयोजनमा निःशुल्क मेडिकल क्याम्पहरु गर्ने तथा विभिन्न समयमा नेपालीका लागि स्वास्थ्य सम्बन्धि शिक्षाको लागि जनचेतनामूलक कार्यक्रम गर्ने उल्लेख छ । यसैगरी कुनै पनि नेपाली उक्त क्लिनिकमा उपचारको लागि जाँदा २० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिइने उल्लेख छ । भने नेपालीका लागि क्लिनिकले कार्डको व्यवस्था पनि गरिने जानकारी गराएका छन् ।

 भुर्तेलका अनुसार निःशुल्क मेडिकल क्याम्प बाहेक क्लिनिकमा गएर स्वास्थ्य परिक्षण गराउदा नेपाली समाज युएईको साधारण सदस्य वा आजीवन सदस्यको रसिद उपलब्ध भएको खण्डमा सरल र सुलभ हुने छ । समाजले युएईमा कार्यरत नेपालीहरुलाई नेपाली समाजमा आबद्ध भई सर्वसुलभ सेवा लिई स्वास्थ्य रहन सबैलाई अनुरोध गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल