जापानमा दर्शक तताउँदै लोक गायक नवीन पौडेल

बैशाख २९

जापानमा दर्शक तताउँदै लोक गायक नवीन पौडेल

जापान–पछिल्लो चरणमा महोत्सबहरुमा रोजाईमा परेका लोक गायक नवीन पौडेलले जापानको टोकियोमा आयोजित ’म्युजिक मेला’मा दर्शक तताएका छन् । लोकप्रिय गीतहरुका गायक नबीनले गाउँदा दर्शक तर्फको माहौल हेर्न लायक थियो । दर्शकले नाच्दै हुटिङ गरिरहेका हुन्थे, गायक पौडेल दर्शक उचाल्न झनै हौसन्थे ।nabin
बुध्द यहिँ जन्मे विश्वको नजर लुम्बिनी तिरै छ,
कस्तुरी साथमा हुँदानी मन किन अस्थिर छ..
रास्ट्रभक्तिका साथ पौडेलका गीत र प्रस्तुतीले नेपालमै प्रसस्त संभावना रहेको भन्दै विदेशको कमाइ र सीपलाई देशको विकासमा लगाउन प्रेरणा दिएका हुन्थे ।
यहीँ स्वर्गद्वारी छन्, देउती बज्यै सलल.. कर्णाली
आफनै देश्मा नङ्ग्रा खियाउने बसालौं प्रणाली…

गायक पौडेलले के सन्झनु छ र, जान्न मत त्यो घर.. गाउँदा दर्शक थामिएनन् । मञ्चमा चर्को हुटिङ चल्यो, गायक पौडेल दर्शक माझमै गएर आफू पनि नाचे, दर्शक पनि नचाए ।
नेपालसन्देश डटकमले तेस्रो बार्षिकोत्सव मनाउन मिडिया म्यासेजसँगको सहकार्यमा म्युजिक मेला गरेको थियो । उक्त कार्यक्रममा गायक सुगम पोख्रेलको प्रस्तुतिमा दर्शकले उस्तै आनन्द लिए । कलाकार सम्झना लामिछाने मगर, निर्णय एनएसकेलगायको प्रस्तुतीले म्युजिक मेलाका सयौं नेपाली दर्शक लोभ्याएको थियो।
मिडिया म्यासेज प्रालिका अध्यक्ष रविन श्रेष्ठ र प्रवन्ध निर्देशक नविन निउरे लगायत आयोजकले नेपालबाट गएका कलाकारहरूलाई विमानस्थलमा स्वागत गरेका थिए । यो साता जापानका विभिन्न सहरमा कलाकार टोलीले नेपाली दर्शकमाझ सांगितिक प्रस्तुतिहरू पस्केका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल