कतारमा एक हप्तापछि मजदुर दिवस

वैशाख २६  |   तुलसी प्रसाद कोइराला

कतारमा एक हप्तापछि मजदुर दिवस

received_1128326853866150उदयपुर– प्रवासी नेपालीको संगठन नेपाली जनप्रगतिशिल मन्च कतारले अन्तराष्ट्रिय मजदुर दिवस एक हप्तापछि एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

मे १ तारिकका दिन विश्वव्यापी मजदुर दिवस भएपनि कतार सरकारले सार्वजनिक विदा नदिएको कारण नेपाली मजदुरहरुले स्थानीय सार्वजनिक विदाको अवसर पारेर शुक्रबार मजदुर दिवस मनाएका हुन् । नेपाली श्रमिक मजदुरहरुले कतारको सनैयामा एक भव्य कार्यक्रम गरि मनाएका हुन् ।

मजदुर दिवसको अवसरमा प्रगतिशिल मञ्चका अध्यक्ष शनिकुमार ओलीको अध्यक्षतामा नेपाली मजदुरहरु एक भई शुभकामना आदन–प्रदान गरि मनाएको मञ्चका सूचना तथा सञ्चार विभाग प्रमुख होम बहादुर बस्नेतले बताए ।

सञ्चार विभाग प्रमुख बस्नेतका अनुसार प्रवासी नेपालीहरुको समस्यालाई सञ्चारमाध्यमबाट प्रचार–प्रसार गर्न मञ्चले छिट्टै एक अनलाइन स्थापना गरि सञ्चालनमा ल्याउने तयारी भैरहेको कुरा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष शनीकुमार ओलीले पछिल्लो समय रुमेला हस्पिटलमा ५ महिनादेखि बेहोस अवस्थामा उपचार गराइरहेका रुकुम जिल्ला घर भएका ललित बुढामगरको उपचारको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आवश्यक रहेको बताए ।

उनले भने, ‘विरामी ललित बुढामगरको आश्रीत परिवारलाई आर्थिक सहयोग गर्नपर्ने देखिएकोले मञ्चले सहयोग अभियान सञ्चालन गर्ने जानकारी दिए ।’ अध्यक्ष ओलीले सहयोग अभियानलाई व्यवस्थित रुपले अगाडि बढाउन मञ्चका कार्यकर्ता हरुलाइ निर्देशन दिएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल