अमेरिकामा नेपाली मूलका पन्थी योजना आयुक्तमा नियुक्त

-  |   विजय थापा

अमेरिकामा नेपाली मूलका पन्थी योजना आयुक्तमा नियुक्त

वाशिंगटन डिसी–अमेरीकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको प्रसिद्ध शहर मनासस नजदिक रहेको हेमार्केट शहरको लागि नेपाली मूलका मधु सुदन पन्थी उक्त नगर पालिकाको लागि योजना आयुक्तमा नियुक्त भएका छन् lmadhu 3

नव नियुक्त योजना आयुक्त पन्थीलाई प्रिन्स विलिएम काउन्टी भर्जिनियाको हेमार्केट शहरका नगर प्रमुख डेविड एम लिकले गत अप्रिल २५ तारिख नियुक्त गरेका हुन् l पन्थीले गत मे ४ तारिख आधिकारिक रुपमा सपथ ग्रहण लिएका छन् l टाउन अफ हे मार्केटको लागि पन्थी सहित जम्मा ७ जना योजना आयुक्तमा नियुक्त भएका मध्ये ६ जना अमेरिकन मुलका रहेका छन् l उनि यस पदमा पुग्ने पहिलो नेपाली मुलका बन्ने अवसर पाएका छन् l

उनले आफु नियुक्त भए पछि सामाजिक संजालमा सार्बजनिक गरे पछि उनलाई बधाई दिनेको ऒईरो लागेको छ l यसरि नेपाली मुलका मानिस यति ठुलो पदमा पुग्न पाउनु सबै नेपाली समुदायको लागि गर्वको बिषय भएको छ l

पत्नी ,१ छोरा र १ छोरीका पिता पन्थी झन्डै डेढ दशक देखि हे भर्जिनियाको हेमार्केट क्षेत्रमा बसोबास गर्दछन l हेमार्केटको जनसख्या २०१४ अनुसार २ हजार जति रहेको छ भने सन् २०१० को जनगणना अनुसार करिब ६ सय घर तथा ५ सय जति परिवार रहेको आंकडाले देखाएको छ l उनको क्षेत्रमा करिब ११ प्रतिसत एसियन मुलका रहेका छन् l

झन्डै १५ बर्ष अगाडी अमेरिका परिवार साथ आई पुगेका पन्थी अर्घाखाची गाबिस चिदिका ९ ,मधुखेल गाउँका हुन् l २०४४ सालमा काठमाडौँ आई बिश्व निकेतन उच्च माध्यमिक बाट १० कक्षा उत्रिण गरे पछि २ बर्षको लागि मधुखेल गाउँमा गई समाज सेवामा संलग्न रहे l पन्थी सानै उमेर देखि समाज सेवामा लाग्ने स्वभावको कारण अमेरिका आए पछि पनि त्यो मोह त्यागेनन l फलस्वरूप उनको लगन ,मेहनत ,दुरदृष्टि तथा निस्वार्थ समाज सेवाको कारण डिसी महानगर क्षेत्रको हेमार्केटमा शहरको योजना आयुक्त जस्तो गरिमामय पदमा नियुक्त हुन् सफल भएका छन् l

काठमाडौँको त्रिपुरेश्वरमा चिट्ठा (डिभी)भरेको उनलाई सम्झना छ l चिट्ठा परे पछि उनि अमेरिका आउन पाइएकोमा दंग छन l उनि निकै क्रियाशील रहने हुँदा हे मार्केट दिवसमा उनको बिशेष योगदान रहने उनले बताए l गत बर्ष नेपालमा गएको महाभूकम्पको लागि आर्थिक सहयोग जुटाउन अहम भूमिका रहेको तथा नगर प्रमुख डेविड संग निरन्तर सम्पर्कमा रहेकोले उनको काम बाट प्रभावित भै उनलाई यो पदमा नियुक्त गरेको हो l

अमेरिकाको क्यालिफोर्नियाको सान डिएगोमा केवल ७ महिना बसी भर्जिनियाको हे मार्केटमा बस्दै आएका पन्थी लामो समय देखि डिसी महानगर क्षेत्रमा छन् l डिसी महानगर क्षेत्रका नेपाली गैर मुनाफा सामाजिक बिभिन्न संघ तथा संस्था संलग्न भएता पनि पदको लोभ उनीमा नभएको कारण नेपाली संस्थामा कुनै पनि पदमा उनि छैनन् l केवल समाज सेवाको लागि निस्वार्थ भावनाबाट होमिने पन्थी डिसी महानगर क्षेत्रको क्रियाशील सामाजिक संस्था अमेरिका नेपाली सहयोगी समाजका संस्थापक संरक्षक पनि हुन् l

नव नियुक्त योजना आयुक्त पन्थीले आफु सानै देखि समाज सेवामा लाग्ने भएकोले त्यसलाई अमेरिकामा पनि निरन्तरता दिएको हु l र यसरि नगर प्रमुखले नियुक्त गरेकोमा हर्ष लागेको बताए l आफुले आफ्नो जिम्मेबारी बहन गर्न कुनै कसर नछोड्ने भन्दै नेपाल र नेपालीको लागि नाम र प्रतिष्ठा उच्च राख्ने प्रतिबद्धता जाहेर गरे l आफुलाई बधाई दिने सबैलाई यसै संदेश बाट कृतज्ञता दिएका छन् l

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल