स्याङ्जा घर तथा आवासगृह दिगो व्यवस्थापनको लागि करिब डेढ करोड वन संकलन

वैशाख २३  |   नोमराज गुरुङ

स्याङ्जा घर तथा आवासगृह दिगो व्यवस्थापनको लागि करिब डेढ करोड वन संकलन

सोल– झण्डै डेढ वर्षदेखि सञ्चालनमा रहेको स्याङ्जा घर तथा आवासगृह दिगो व्यवस्थापनको लागि १ करोड ६० लाख वन संकलन भएको छ । कोरियाको सोल स्थित दोङ्देमुन शहरमा सञ्चालित संस्थाको आवासगृहलाई दिगो र अझ व्यवस्थित बनाउन संस्थाले केही महिनादेखि आर्थिक संकलन गरिरहेको थियो ।

logo syangjaसंस्थाकी भूपू उपाध्यक्ष हिमानी गुरुङ्को संयोजकत्व गठन भएको आर्थिक संकलन समितिले संस्थाका क्रियाशिल सदस्यहरु, कोरियामा रहेका स्याङ्जावासीहरु र गैह्र स्याङ्जालीहरुबाट समेत गरी सो रकम संकलन गरेको स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष धर्म गुरुङ्ले जानकारी दिए ।

परिवारले केहि महिना यता पुरानो स्याङ्जा घर तथा आवासगृहको लोकेशन परिवर्तन गरी नयाँ ठाउँमा सञ्चालन गरेको समेत गुरुङ्ले बताए । उनको अनुसार पुरानो आवासगृह महंगो र अलि टाढा समेत भएकाले सस्तो र नजिकमा आवासगृह सारिएको हो ।

पुरानो आवासगृहको लागि संस्थाले मासिक झण्डै साढे चार लाख वन खर्चिदै आएको थियो । अहिलेको नयाँ अवासगृह भने करिब साढे २ लाख वन मासिक भाढा रहेको संस्थाका सचिव कुमार थापाले जानकारी दिए । थापाका अनुसार नयाँ लोकेशनमा सारिएको स्याङ्जा घर तथा आवासगृह व्यवस्थापन गर्न नरेन्द्र गुरुङ्को संयोजकत्वमा आवासगृह व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

त्यस्तै स्याङ्जा परिवार दक्षिण कोरियाका कोषाध्यक्ष एवं पोखरा मार्टका सञ्चालक टेक रानाले संस्थाको खेलकुद बिकासको लागि १० थान भलिबल जर्सी प्रदान गरेका छन् । कोषाध्यक्ष रानाले स्याङ्जा परिवार दक्षिण कोरियाका भलिबल टिम क्याप्टेन अमित रानालाई मे १ तारिक आईतबार एक कार्यक्रमबीच जर्सी हस्तान्तरण गरेका हुन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल